hellouknepal.com

बैचारीक समचार

बेल्जियमको आन्त्रोपेनमा १०७ औ अन्तराष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न


एनआरएन बेल्जियमको महिला फोरमले आयोजना गरेको १०७ औ अन्तराष्ट्रिय महिला दिवस परिवर्तनकालागी साहास भन्ने नाराकासाथ भब्यताका साथ सम्पन्न भएको छ । बेल्जियममा रहेका बिभिन्न संघ संस्थाका महिला अध्यक्ष तथा महिला प्रतिनिधी र सर्वसाधरणहरुको बाक्लो उपस्थित रहेको सो कार्यक्रममा एनआरएन, बेल्जियमकी महिला संयोजक निर्मला बजगांईले गर्नु भएको थियो भने उपस्थित अतिथि तथा अन्यलाई कार्यक्रम आयोजकका तर्पmबाट एनआरएन, बेल्जियमकी सदस्य रेना बस्नेतले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावासकी प्रतिनिधी श्रीमती ललिता सिलवालले गर्नु भएको थियो । बिषेस अतिथि एनआरएन केन्द्रिय परिषदकी केन्द्रिय सदस्य श्रीमती जानकी गुरुङ्ग, एनआरएन बेल्जियमकी उपाध्यक्ष योसोदा सुबेदी,रहनु भएको थियो । साथै सो कार्यक्रममा एसिययन फोरमाकी अध्यक्षले नेपालको महिलाको अवस्थाको बिषयमा मन्तब्य राख्नु भएको थियो ।
एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले आधा आकास ढाक्ने महिलाहरुलाई रज्यले बिभेद गर्न नहुने र आजको दिन महिलाहरुकालागी एैतिहासिक रहेको बताउनु भयो ।
शहिदहरु प्रति भावपुर्ण संझाना गर्दै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवबाट श्रीमती ललिता सिलवालले महिलाहरुको योगदान र महत्वको बिषयमा प्रकास पार्नु भएको थियो । कार्यक्रममा अध्यक्षको आसनबाट एनआरएन, बेल्जियमकी महिला संयोजक निर्मला बजगाईले बिश्व महिला आन्दोलन र नेपालको महिलाको अवस्था बारेमा प्रकास पर्नु भएको थियो । त्यस्तै बिषेस अतिथी जानकी गुरुङ्गले ब्यनरमा लेखिएको नारालेनै महिला मुक्तिकोलागी एउटा गतिलो सन्देस दिएकाले हामी महिला दिदी बहिनीहरुले साहासको बाटोमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै बिषेस अतिथि योसोदा सुबेदीले प्रवासमा रहेका महिलाहरुको पनि बिबिध समस्यहरु हुने गर्छ ति समस्याका सामाधान पनि महिलाहरुमा साहासको जरुरी छ भन्ने भयो । कार्यक्रममा नेपालबाट बेल्जियम आउनु भएको बृद्धा आमाहरुलाई सम्मान गरिएको थियो ।
बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु महिला आन्दोलन र नेपाली असाय महिलाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा मन्तब्य राख्नु भएको थियो । नेपालमा महिलाहरुलाई प्रसुती संबन्धि स्वास्थ सिबिर संचालनकोलागी रु ४५ हजार सहयोगको घोषणा गरिएको थियो भने धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको मुसर बस्तिकोलागी रु १ लाख सहयोग गर्ने घोषोणा गरेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015