hellouknepal.com

बैचारीक समचार

बेलायतमा भुतपुर्व गोर्खाहरुको रेडिगंमा कार्यगत एकताको घोषणा सभा सम्पन्न । प्रचण्ड सरकार गोर्खाहरुको मागमा दृण भएर अगाडी बढेकोमा खुसि ब्यक्त


दधिराज घिमिरे
रेडिगं, बेलायत
७ अप्रिल २०१७
मार्च २८ का दिन भुतपुर्व गोर्खाहरुको संगठन गेसो र सत्याग्रह संघर्ष समिति बिच भएको कार्यगत एकतालाई ईकाईहरुमा जानकारी दिनकोलागी रेडिगंको ईकाई समितिको आयोजनामा गेसोका रेडिगं ईकाईका अध्यक्ष भोज बहादुर गुरुगंकोे अध्यक्षतामा संपन्न भएको छ । नेपालबाट आउनु भएका सभासदहरु दिलमान पाख्रिन प्रमुख अतिथि, केसरी घर्ति मगर, यज्ञ बहदुर सुनुवार, महेन्द्र सुन्दर नेम्मागं, जयन्ति राई रहनु भएको थियो । साथै कार्यक्रममा गेसोको अध्यक्ष किष्ण कुमार राई र सत्यग्रहका अध्यक्ष किष्ण बहादुर राई बिषेस अतिथिको रुपमा रहनु भएको थियो । सो कार्यगत एकताको जानकारी सभामा गेसो रेडिगं ईकाईका सचिव रुद्रजंग गुरुगंले आगन्तुहरुलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा संसदिय समितिका पाचै जना संसदहरुले भुतपुर्व गोर्खा सैनिकहरुको कार्यगत एकताले गोर्खाहरुले उठाएका मागहरुलाई तार्किक निष्कर्षमा पुर्याउनकोलागी बल प्रदान गरेको बिचार राख्नु भएको थियो । हामीहरु कुनै पार्टिको प्रतिनिधी नभएर सिगंो देसको प्रतिनिधि भएर तपाईहरु सामु आएका छौं र तपाईको याथार्थलाई यहां आएर अझ स्पष्ट हुन पायौं भन्ने बिचार राख्नु भएको थियो । भुतपुर्व गोर्खाहरुले नेपालको बिकासमा बेलायतका मोडलहरुलाई गांउघर सम्म पुर्याउने गरेको र त्यहि चेतनाले नेपालको राजनैतिक परिवर्तनमा भुमिका रहेको बताउनु भयो । अहिलेको सरकार गोर्खाहरुको मागलाई राष्ट्रिय समस्याकोरुपमा मान्यता दिएकोले पनि अव यो समस्या गोर्खाहरुको मात्र नभएर सम्पुर्ण नेपालीहरुको समस्या भएको बताउनु भएको थियो । नेपालको बर्तमान सरकारले गोर्खाहरुको समस्याको बिषयमा नेपाली दुतावास मार्फत बेलायतका बिभिन्न निकायहरुमा बार्ता र छलफलहरु चलाउदै आएको जानकारी पनि दिनु भएको थियो ।
मन्तब्यकै क्रममा गेसोको अध्यक्ष किष्ण कुमार राईले गोर्खा सैनिकहरुको अधिकार दिलाउन स्थापना काल देखी संघर्ष गर्दै आउने क्रममा कतिपय मागहरु गेसो आन्दोलनले प्राप्त गरेको तथ्य यहौ देख्न सकिन्छ । तर पनि गोर्खाहरुको आन्दोलनमा देखिएको बिभाजनले हाम्रा मागहरु अन्योलमा पुगेकोले पुरानो संस्था गेसोले अभिभाबकत्व निभाउन जरुरी भएकोले यो कार्यगत एकता भएको जानकारी दिनु भएको थियो । गेसोले उठाउदै आएको मागहरुको वरीपोरी रहेरनै अहिलेको कार्यगत एकता भएकोले यो कार्यगत एकता हाम्रा माग परा नहुदां सम्म रहने बताउनु भयो । ६१ पेज लामो मागहरु बुझाउदं संपुर्ण गोर्खाहरुको भावना समेटीएको छ भन्नु भयो । त्यस्तै नेपालमा बिभिन्न चरणको छलफलमा अहिलेको सरकार गोर्खाहरुको माग प्रति निकै सकरात्मक रहेको भाव प्रकट गर्नु भएको थियो । त्यस्तै सत्यग्रह संघर्ष समितिका अध्यक्ष किष्ण बहादुर राईले आन्दोलनमा भएको टुटफुटले गर्दा बुझाईमा रहेको भिन्नताले गोर्खाहरुको मागलाई ओझेलमा परेकोले पनि यो एकताको आवश्यकता रहेको जानकारी दिनु भएको थियो ।
यस्तै कार्यक्रममा सत्याग्रहका निर्देसक ज्ञानराज राईले यो एकता अव कसैले तोड्न नसक्ने बताउनु भयो । यहि एकताको बलबाट हामीले हाम्रा मागहरु पुरा गर्ने बिश्वास दिलाउनु भयो । कार्यक्रममा मन्तब्य राख्दै गेसोकी कोषाध्यक्ष देबी माया पुनले गोर्खाहरुको मागलाई पुरा गराउन पर्ने पहिलो सर्तनै अहिलेको एकाताको आवश्यकता रहेको भाव पुर्ण बिचार राख्नु भएको थियो । मन्तब्यकै क्रममा प्राबिधिक तर्फका सदस्य मेजर जुद्ध बहादुर गुरुगंले अहिले सम्म भएको प्रगतिको बिषयमा बताउनु भएको थियो ।
कार्यक्रमलाई गेसोका महासचिव दसरथ राई ले संचालन गर्दै गेसो यो एकताले भावनात्मक एकताकोरुमा एकतामा जान सकेमा गोर्खाहरुको आन्दोलन निषकर्षमा पुग्ने छ र आगामी दिनमा एजेण्डामा केन्द्रित भएर जानु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमलाई अध्यक्षको आसनबाट भोज बहादुर गरुङ्गले सबैलाई धन्यवाद दिनु भएको थियो ।
स्मरिणय रहोस नेपालमा प्रचण्ड सरकारको निर्माण सहित भुतपुर्व गोर्खा सैनिकहरुको माग र समस्याको बिषयमा एकरुपता ल्याउनकोलागी माओबादी केन्द्रलाई बिश्वास गर्ने सदस्यहरु मार्फत बुभ्mनोकोलागी बिषेस टास्क दिएको थियो । नेपालमा माओबादी केन्द्रका नेता सुरेस आले मगर को मातहत र बेलायतमा पुर्ण लोक्सम लागाएतका सदस्यहरुको दुई महिना सम्म गोर्खाहरुको बिभिन्न संस्थाहरुसंगको बार्ता र छलफलले मागहरुमा एकरुपता हुनु पर्ने सुझाव सहित दिएको थियो । गोर्खाहरुको समस्यालाई एकिकृत गर्दै माओबादी केन्द्र र नेपाल सरकारलाई सुझाव दिएको थियो ।
उपस्थित जनसमुदायहरुले गोर्खाहरुको एकतामा खुसि ब्यक्त गरेका थिए भने नेपालको प्रचण्ड सरकारले नेपालमा मात्रै उज्यालो बनायो भनेको त बेलायतमा बस्ने हामीहरुको मुहारमा पनि उज्यालो बनाउदै रहेछ भन्ने बिषयले निकै उत्साहा थपेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015