hellouknepal.com

बैचारीक समचार

ग्रेटर नेपाली समाज रेडिङ्ग नेपाली समाजको नयां बर्षको कार्यक्रम भब्यरुपमा सम्पन्न-फोटो सहित

 दधिराज घिमिरे रेडिङ्ग,बेलायत रेडिङ्ग मा बसोवास गर्ने नेपालीहरुको साझा संस्था गे्रटर नेपाली समाज रेडिङ्गको भर्खरै सम्पन्न अधिवेसनबाट चयन भएको कर्यसमितिको पहिलो कार्यक्रम नयां बर्ष २०७४ भब्यताका साथ सम्पन्न गरेको छ । समाजको अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा संपन्न कार्यक्रममा प्रमुख अतिथि रेडिंग मेयर Mohammed Ayub हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि DCM सरद राज आररन बिशेष अतिथि हुनुहुन्थ्यो ।

समाजका अध्यक्ष कृष्ण न्यौपाने र प्रमुख अतिथि रेडिंग मेयरल् संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम सुरु गर्नु भएको थियो भने लगत्तै नेपाल र बेलायतका राष्ट्रिय गाना बजाईएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा जनसमुदाय प्रति समाजको तर्फबाट समाजका उपाध्यक्ष यादव श्रेष्ठले नव बर्ष २०७४ को शुभकामना दिँदै सबैमा खुसी लिएर आअोस भन्नुभयो । ऊहाँले कार्यक्रममा उपस्थित हुनु भई नेपाली समाजको गरिमालाई बढाई दिनु भएकोमा धन्यवाद दिदै संपुर्णलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष किष्ण न्यौपानेले नव बर्षको सुभकामना दिदै यस दुई बर्षे कार्यकालमा समाजमा आवश्यकता देखिएको आफ्नै  घर निर्माणको दिसा तर्फ अगाडी बढ्ने छ भन्नु भयो । त्यस्तै नयां बर्षको उपल्क्ष्यमा सुभकानमान दिने क्रममा प्रमुख अतिथि रेडिङ्ग मेयर महोमद अयूव, बिषेस अतिथि नेपाली दुतावासका प्रतिनिधि सरद राज आरन र समाजका संस्थापक अध्यक्ष सि बि गुरुङ्ग र NRNA ICC सल्लाहाकार बिश्व आदर्श पण्डितले नयां बर्ष २०७४ ले सबैलाई खुसी र स्वास्थ रहन प्रेरित गरोस् भनि शुभकामना पनी दिनु भएको थियो । पहिलो चरणको कार्यक्रमलाई समाजका महासचिव ओमकार अधिकारीले आफ्नो शुभकामना कबिता पाठनका साथ संचालन गर्नु भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष श्रीमती सुसिला गुरुङ्गले आगन्तुक अतिथिहरुलाई खाता लगाई नेपाली नयां बर्ष २०७४ लाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा बिबिध सांस्कृतिक कार्यक्रम तथा फेसन सो कार्यक्रमको आयोजना गरिएको थियो । समाजका सदस्य सिन्द्धान्त घिमिरेले फेसन सो कार्यक्रमलाई संयोजन गर्नु भएको थियो र सो कार्यक्रमले ससाना नानि बाबुहरुलाई समाज प्रतिको आकर्षणलाई नयां आयम थपेको उपस्थितहरुको प्रतिकृया आएको थियो । दोश्रो कार्यक्रमलाई नयां बर्ष २०७४ का संयोजक तथा समाजका उपाध्यक्ष भिमसेन खड्का र अर्का उपाध्यक्ष नवराज न्यौपानेले संचालन गर्नु भएको थियो । कार्यक्रममा कलाकारहरु, लक्ष्मी पौडेल, भिम निरौला, बिट्टी राई ,सुस्मीता र रिनाको नाच प्रस्तुत गरिएको थियो ।

साना साना नानीहरुको Fashion Show तथा साँस्कृतिक कार्यक्रममा भाग लिने कलाकारहरुमा Aryan Bhusal ,Sumanyu Parajuli ,Samyak Dhital, Suhana Parajuli ,Rafa Ghimire,Aryan Shrestha ,Bitty Rai,Sushmita Sheehan ,Rina Chhyantal,Shalina Limbu ,Arush Neupane ,Rhea Pandit ,Nistha Dhakal ,Arush Thapa, Alpa Thapa , Priyamshu Regmi ,Devesh Neupane , Bevesh Neupane Simran Rana Magar, Purnima Limbu, Punam Gurung, Prashun Gurung, Kripash Khadka ,Kristina Shrestha, Reema Dhakal ,Neha Khadka ,Ghimire ,र Zak Ghimire , नबिन गुरुंग र होम राना हुनुहुन्छ । त्यस्तै संगितिक कार्यक्रमको निरन्तरतामा सानो नानी सलिनाले नेपाली गित र ख्याति प्राप्त गायिका साईदाले हिन्दि गित पनी प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्यान श्रेष्ठको मेलोडि नाचले दर्शकहरुलाई भरपुर मनोरञ्न दिएको थियो । मनोरोञ्वन दिने क्रममा नेपालका ख्याति प्राप्त गाएक शिब परियारले हललाई आफ्ना गितहरुले जुरुक्कै उचालेर नचाएका थिए ।

कार्यक्रममा खानाको ब्यवस्थापन समाजका उपाध्यक्ष दिपक गुरुङ्गले गर्नु भएको थियो । नयां बर्ष कार्यक्रममा भाग लिनु भएका कलाकारहरुला कलाकार शिव परिवारले प्रमाण पत्र दिनु भएको थियो । हलमा खचाखच भरिएको सो कार्यक्रमलाई संचालकाहरुले ब्यवस्थितरुपले संचालन गुर्न भएको थियो । कार्यक्रममा Raffle Draw पनी संचालन गरिएको थियो । सात वटा बिभिन्न पुरस्कार घोषणा गरिएको Raffle Draw मा नेपाली समाजका पुर्व अध्यक्ष अर्जुन बस्नेतलाई परेको चिट्ठालाई ऊहाँले नेपाली समाजको घर किन्ने प्रायोजनामा खर्च गरियोस भनि हस्तान्तरण गर्नु भएको थियो । दर्शकहरुले सो कार्यक्रमले नेपाली समाजलाई नयाँ दिशा तर्फ अग्रसर बनाएको प्रतिकृयाहरु दिएका थिए ।

राफल कार्यक्रमलाई एम जेड ज्वेलर्स, एभरेष्ट ट्राभल्स, सपना हाउस, बेजिगं नुडल्स कुशल ज्वेलर्स अन्सार बारबार सप अल रहमान ग्रोसरी,एसियन ग्रोसरी लगाएत बिभिन्न ब्यवसायीहरुले स्पन्सर गर्नु भएको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015