hellouknepal.com

बैचारीक समचार

दिपक गुरुगंको अध्यक्षतामा नेपाली जनप्रगतिशिल मंच,बेलायत रेडिगं क्षेत्रिय समिति पुर्नगठन

नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको बेलायतको सबै भन्दा पुरानो र जुझारु संगठन प्रगतिशिल नेपाली समाज यूकेको हालै भएकको अधिवेसनले नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मंच, बेलायत गठन पश्चात क्षेत्रिय समिति निर्माण तिव्र बनाएको छ । बेलायतको बिभिन्न एघार क्षेत्रिय समिति गठनलाई तिब्रता दिदै रेडिगं क्षेत्रिय समिति पुर्नगठन गरेको छ । यहि जुन १२ मा भएको साधरण भेलाले दिपक गुरुगंको अध्यक्षतामा तिन सदस्य पछि थप्ने गरि १५ सदस्यिय कार्य समिति निर्माण गरेको छ । अध्यक्ष दिपक गुरुगं,उपाध्यक्ष तेन्जि पाख्रिन, सचिव बिलास लामिछाने, सहसचिव रोसनमनी राई, कोषध्यक्ष भेष पुन सदस्यहरु गंगामाय गुरुगं, कमल गुरुगं, लाल प्रसाद गुरुगं, गोबिन्द प्रसाद अर्मजा, शिव गरुगं रहनु भएको छ ।

नयां चयन सदस्यहरुको घोषणा तथा बधाई दिदै नेपाली जनप्रगतिशील मंच, बेलायतका अध्यक्ष सुरेस गौतमले नयां निर्माण भएको क्षेत्रिय समितिले यस क्षेत्रमा रहेका संघ संस्था तथा स्थानियहरुको समस्यामा एकाकार भएर काम गर्ने निर्देसन गर्ने भयो । साथै प्रगतिशिल बिचार राख्ने जो कोहि पनि यो संस्थामा सदस्य हुन सक्ने हुनाले परिवर्तनकारी संपुर्ण रेडिगंबासी यहि संस्थाको झण्डा मुनि गोलबन्द हुन आव्हान समेत गर्नु भयो ।
साथै कार्यक्रममा नेकपा माओबादी केन्द्रका भेला आयोजक समितिका सदस्य कर्ण शाही,सुरेन्द्र श्रेष्ठ तथा बेलातका अध्यक्ष रण केसिले सुभकामना दिनु भएको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015