hellouknepal.com

बैचारीक समचार

नेपाली संघीय समाज, यूकेले नेपालको जनजातीको ईतिहास देखी बर्तमान सम्मको कथालाई समेटेर बनेको बृत्र चित्र अन्तर्कथा प्रर्दसन गर्ने-(भिडियो सहित)

संघिय समाजवादी पार्टी, नेपालको प्रवास समिति नेपाली संघीय समाज, यूकेले बृहत्त च्यारिटी कार्यक्रमको आयोजना गत जुन ३ तारिख शनिबार अल्डरसट स्थित इम्पेरियम हलमा भब्यताकासाथ सम्पन्न भएको छ । सो कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने समाजका संपुसर्ण पदाधिकारीहरु, सदस्यहरु, सुभचिन्तक , बेलायतमा कार्यरत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, प्रमुख अतिथि, अतिथिहरु तथा कलाकार, पत्रकार कार्यक्रममा उपस्थित संपुर्ण मान्यजनहरुमा नेपाली संघिय समाजबादी फोरम, यूकेको तर्फ बाट तथा कार्यक्रम संयोजक तथा समाजका सहअध्यक्षको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु ।
कार्यक्रमको दौरानमा फेरी पनि बेलायतको बिभिन्न स्थानमा नेपालका जनजाति संबन्धि बृत चित्र अन्र्तकथा प्रखर्शन गर्न गईरहेको जानकारी गराउदछु । बरिष्ट कलाकार, संगितकार तथा निर्देसक राजन राई द्धारा निर्देसन गरिएको बृत चित्रमा नेपालका जनजातिहरुको ईतिहास, जनजातिहरुको धर्म, भाषा र संस्कृति माथि कसरी हस्तक्षेप भयो भन्ने बिषयलाई आधार मानेर निर्मित गरिएको छ । साथै बिभिन्न बुद्धीजिबीहरुको बिचार र ईतिहासको कटु सत्यलाई सो बृत्त चित्रमा समेटीएको छ ।
नेपाल र नेपालीको ईतिहासलाई नजिकबाट जान्नकोलागी एक पटक सो बृत्त चित्र अन्र्तकथा हेर्नकोलागी संपुर्ण बेलायतबासी नेपालीहरुलाई नेपाली संघिय समाजबादी फोरम, यूकेका सह अध्यक्ष बालकृष्ण राईले संयोजन गरि रहनु भएको छ । सोहि कार्यक्रमको बिषयमा जानकारीको लागी नेपाली संघीय समाज,यूकका क्षेत्रिय अध्यक्षहरु तथा सहअध्यक्ष बालकृष्ण राईलाई सम्पर्क गर्न सक्नु हुनेछ । कार्यक्रमको मिति र स्थान तय भए पछि जानकारी दिनेनै छौ । धन्यवाद
बालकृष्ण राई
सहअध्यक्ष
नेपाली संघीय समाज,यूके
फोनः ०७९१५१३१११४

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015