hellouknepal.com

बैचारीक समचार

 बेलायतको रेडिगंमा २०४औँ भानु जयन्ति भब्यताका साथ सम्पन्न (फोट सहित)


बेलायतको रेडिगंमा २०४औँ भानु जयन्ति समाजका अध्यक्ष्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको संपन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महामपहम राजदूत डा. दु बसु हुनुहुन्थ्यो भने बिशेष अतिथि साहित्यकार कृष्ण पहारी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी , बिशेष अतिथी र अन्य अतिथीहरुलाई फुलको गुच्छा र ब्याज लगाएर न्च्ल्ऋब् उपाध्यक्ष सुसिला गुरुंगले स्बागत गर्नु भएको थियो ।
निर्णायक मण्डलमा डा. रुपक श्रेष्ठ , पण्डित दुर्गा प्रसाद पोखरेल र बरिष्ठ साहित्यकार बाशु शर्माले प्रतिस्पर्धामा सामेल कबिताको मुल्यांकन गर्ने जीम्मा लिनुभएको थियो । साथै कथाकार ईन्दिरा दिक्षितले लेख्नु भएको कथा संग्रहको उहाँकै ऊपस्थितीमा प्रमुख अतिथी डा. दु ब सु को बाहुलीबाट बिमोचन गरिएको थियो . पुस्तकको बारेमा पाठक प्रतिक्रिया स्वरुप साहित्य संगमका संस्थापक बिनोद अधिकारीले आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा न्च्ल्ऋब् कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, साहित्य संगम सदस्यहरु , बिभिन्न ठाऊँ बाट आऊनु भएका सहभागी तथा स्रोताहरु , रेडिंग स्थित संपुर्ण साहित्यिक मनहरु र ऊल्यख्य मात्रामा दर्शक तथा श्रोताहरु ऊपस्थित थिए ।
राष्ट्रीय गान बाट शुरु गरिएको कार्यक्रममा भर्खर मात्र लण्डनमा भएको आगोलागीमा ज्यान गुमाऊनेको संझनामा एक मिनेट मौन धारणा पनी गरिएको थियो । कबि बिनोद अधिकारीले सबैलाई स्बागत गर्नु भयो भने भानुभक्तको फÞोटोमा सभापती कृष्ण न्यौपाने र प्रमुख अतिथीले माल्यार्पण गर्नुभयो । ँ . भानु जयन्तिको बारेमा डा. रुपक श्रेष्ठले प्रकास पार्नु भयो भने कबि बाशु शर्माले बेलायतमा नेपाली साहित्यको बारेमा प्रकास पार्नु भयो । कबिता बाचनमा जम्मा २८ जना कबि कबियत्रीले भाग लिनु भएको थियो भने १४ वटा कबिता प्रतियोगितामा सामेल गरिएका थिए ।
कबिता प्रतियोगितामा भाग लिनेहरुमा लक्ष्मी पौडेल, प्रेम गुरुंग ,केनिशा गौतम , सजल निरौला ,प्रतिमा केसी , रमेश कायस्थ , लक्ष्मी प्रसाद शर्मा ,सन्जु बजगाँई ,रोशन न्यौपाने ,रमेश श्रेष्ठ , रिषब न्यौपाने , लाल बहादुर गुरुंग ,कल्पना पण्डित र महेश हरी आचार्य हुनुहुन्थ्यो । प्रतियोगितामा सामेल नभएका कबिता पाठ गर्नेहरुमा गत बर्षको कबिता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने स्थापित कबि फडिन्द्र भट्टराई र २०१५ मा प्रथम हुने कबियत्री निर्मला न्यौपाने लगाएत बरिष्ठ साहित्यकारहरु बाशु शर्मा , डा. रुपक श्रेष्ठ , दुर्गा प्रसाद पोखरेल , कृष्ण पहारी , कृष्ण बजगाँई , गोपाल शाही ’पथिक ’ र कथाकार ईन्दिरा दीक्षितले पनी आआफ्ना कबिता पाठ गर्नु भएको थियो । साथै डा. त्रिलोचन गौतम , गिता खरेल र अन्जु आचार्यले पनी आआफ्ना कबिता सुनाऊनु भयो । कबि तथा लेखक राम प्रसाद घिमिरेले पठाऊनु भएको कबिता कार्यक्रम संचालक ओमकार अधिकारीले पढेर सुनाएका थिए भने सभापती कृष्ण न्यौपानेले पनी अन्तमा आफ्नो कबिता सुनाऊनु भएको थियो । कबिता पाठको कार्यक्रम पछाडि प्रमुख अतिथीको तर्फबाट डा दुबसुले बेलायतमा आँफुले यस प्रकारका सबै साहित्यिक कार्यक्रमहरुमा आँफु सकभर उपस्थित भएर प्रेरणातथा हौंसला दिनेकुरामा पछि नहट्ने र सक्दो सहयोग पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
अन्तमा निर्णायक मण्डलको तर्फबाट पण्डित दुर्गा प्रसाद पोखरेलज्यु प्रतियोगिताको निर्णय सुनाऊनु भयो जस अनुसार प्रथम हुनेमा रमेश कायस्थ र दित्तिय सन्जु बजगाँई हुनुहुन्छ । त्यस्तै तेस्रो हुनेमा प्रतिमा केसी र सान्त्वना पुरस्कार पाऊनेहरुमा लाल बहादुर गुरुंग , लक्ष्मी पौडेल , प्रेम गुरुंग र रोशन न्यौपाने हुनुहुन्छ । बाल प्रतिभा तर्फ प्रथम हुनेमा केनिसा गौतम छन् भने दोस्रो र तेस्रो हुनेमा क्रमश रिषभ न्यौपाने र सजल निरौला छन् । आकर्षक रुपमा ब्यस्बस्था गरिएका सुनौला पुरस्कारहरुको बितरण प्रमुख अतिथी महामहिम राजदूतज्यु र बिशेष अतिथी कृष्ण पहारीज्युले बिजेताहरुलाई हस्तान्तरण गर्नु भएको थियो । अन्तमा धन्यबाद ज्ञापन गर्दै सभापती कृष्ण न्यौपानेले कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो । रेडिंग नेपाली समाजले २०१५ साल देखी नियमित रुपमा हरेक बर्ष मनाऊँदै आएको भानु जयन्ति गत बर्ष ल्च्ल्ब् संग सहकार्य गरेर मनाएको थियो भने यस बर्ष भर्खर मात्र गठित साहित्य संगम ग्प् का साथ मिलेर संयुक्त रुपमा आयोजना गरेको हो । यस कार्यक्रमको संचालन कार्यक्रम संयोजक रेडिंग नेपाली समाजका महासचिब ओमकार अधिकारीले गर्नु भएको थियो

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015