hellouknepal.com

बैचारीक समचार

सन्तोस गुरुगंलाई अध्यक्ष्य चयन गर्दै रेडिगं भलिवल कल्वको भेला सम्पन्न

सन्तोस गुरुगंलाई अध्यक्ष्य चयन गर्दै रेडिगं भलिवल कल्वको भेला सम्पन्न नेपालमा लगभग संपुर्ण जनसख्यांलाईनै पृय लाग्ने खेल भलिवल हो । स्कुलमा होस जिल्ला स्थरिय होस या राष्ट्रिय स्तरमा होस भलिवल खेल प्रतिको रुचि नेपालीहरुमा गाढा रहदै आएको छ । नेपालमा खेलेको खेल भलिवलको प्रतिभा बोकेर आउने नेपालीहरुको सख्यां ठुलो छ । तर पनि प्रवासमा बस्ने नेपालीहरुले भलिवललाई त्यति ठुलो महत्वमा राखेको पाईदैन । भर्खरै नेपाल सरकारले भलिवलाई नेपालको राष्ट्रिय खेलको मान्यता दिए संगै भलिवल खेलाको महत्व नेपालीमा कति छ भन्ने प्रष्ट बनेको छ । भारत र पाकिस्थानमा किक्रेटलाई राष्ट्रिय खेल बनाए संगै यो खेलको महत्वलाई त्याहाका जनताले कसरी लिन्छन भन्ने बिषय प्रक्ष्टनै छ ।
बेलायतमा रहेर बिगत केहि बर्ष देखी भलिवल खेललाई निरन्तरता दिदै आएको रेडिगं भलिवल कल्वको हलै दोश्रो भेला संपन्न भई सन्तोस गुरुगं अध्यक्षमा उपाध्यक्ष्य मोहन कटुवाल। सचिव प्रसन्न गुरुगं, कोषाध्यक्ष बिश्वास गुरुगं रहनु भएको छ भने सल्लाहाकारहरुमा राजकुमारी गुरुगं,दिपक गुरुगं, हुप थापा रहनु भएको छ ।
कार्यक्रममा यहि जुलाई २ मा रेडिगंमा हुन गई रहेको भलिवल प्रतियोगितालाई कसरी भब्य र सभ्य बनाउने भन्ने बिषयमा छलफल भएको थियो । साथै रेडिगंमा रहेका संपुर्ण संघ सस्थाको सहभागिताकोलागि हार्दिक अनुरोध समेत गरेको छ । बेलायतमा रहनु भएका महिला तथा पुरुष भलिवल टिमलाई सो प्रतियोगितामा भाग लिनकोलागी अनुरोध समेत गरेको छ ।
नेपालको राष्ट्रिय खेल भएकोले रेडिगंमा रहेका हरेक संघ सस्थाको सहभागितालाई फराकिलो पार्दै लाने बिषयमा कार्यसमितिमा छलफल भएको थियो । साथै रेडिगंमा रहनु भएका यूवाहरुलाई भलिवल खेल प्रति अकार्षित बनाउन बिषेस योजनाका साथ कार्यसमिति लाग्ने बिषयमा अध्यक्ष सन्तोष गुरुगंले बताउनु भएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015