hellouknepal.com

बैचारीक समचार

लोक दाहाललाई एनआरएन, बेल्जियमको अध्यक्ष बनाउने अभियानमा जुटे बेल्जियमका नेपालीहरु- प्रेस बिज्ञप्ति

एनआरएन कुनै पार्टी बिषेसको नभई सामाजिक संस्थाको मान्यता अनुसार चल्ने संस्था हो र सामाजिक सस्थाको नेतृत्व पनि सामाजि कार्यको कसीमा उभिएको हुन जरुरी छ । गत कार्यकालमा बेल्जियममा सन्तुलित नेतृत्वको नेतृत्व दिन सफल भए जस्तै यस कार्यकालमा पनि सोहि नेतृत्वको अनुसरण र सामाजिक कार्यमा निरन्तर लागि रहेको ब्यक्तित्वको चयन हुन जरुरी छ भन्ने मान्यता रहेको पाईन्छ ।
बेल्जियमको नेपाली समुदायले बिगत देखीको कार्यलाई मुल्याकंन गर्दै लोक दाहालको नेतृत्वको पक्षमा दृणता देखाएको छ । नेपालमा भुकम्प गएको समयमा पटक पटक नेपाल गएर राहात बाड्ने, घर तथा स्कुल निर्माण गर्ने, स्वास्थ्य क्याम्पहरु संचालन गर्ने देखी राउटेहरुको उपचार सम्म आई पुग्दा नेपालका राष्ट्रिय मिडियामा ब्रेकिगं समचार बनाउन सफल दाहालले बेल्जियमबासी नेपालीहरु समाजसेबी र नेपाल प्रति सकरात्मक रहेछन भन्ने सन्देस दिन सफल भएका छन । हुनत बेल्जियममा मनकारी र सामाजिक भावना भएको थुप्रै ब्यक्तित्व संघ संस्थहरु छन र ति ब्यक्ति तथा संघ संस्थाहरुले नेपालमा सहयागी भुमिकाहरु निभाइ रहेका छन । यही सामाजिक कार्य गर्नेका बिचबाट लोक दाहाल एनआरएन, बेल्जियमको अध्यक्षमा उम्मेद्धार दिनुले सबैलाई उत्साहित बनाएको छ ।
यो पटक बेल्जियमको एनआरएनमा पर्टि बिषेस नभएर बिगतमा गरिएको योगदानको मुल्याकंन अनुसार मत प्रकट हुनेमा बेल्जियममा बेल्जियमको बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुको बुझाई रहेको पाईन्छ । राजनिति गर्नको लागी पार्टीहरुनै भएकोले एनआरएनमा सामानिक ब्यक्तित्वलाईनै मत दिने र सामाजिक ब्यक्तित्व बिगतको कार्यलाई हेर्दा लोक दाहाल उपयूक्त उमेद्धावर भएको पनि अधिकांस मतदाताहरुको धारणा पाईयो । आसा गरौं बेल्जियमले यो पटक सामाजिक अभिन्यता लोक दाहाललाई न्याय गर्नेछ ।
बिभिन्न संघ संगठन हरुले लोक दाहाललाई समर्थन गर्ने लहरनै चलेको छ । आज मात्रै बिभिन्न संघ संस्थाले दाहालको पक्षमा समर्थन गर्दै बिज्ञप्ति जारी गरेका छन । यो क्रम जारीनै छ ।

प्रेस बिज्ञप्ति

आज मिति २६ जुलाई २०१७का दिन बेल्जियममा क्रियासिल नेपाली जनप्रगतिशिल मञ्च, नेपाली जन प्रगतिशिल मोर्चा, प्रवासी नेपाली एकता समाज र नेपाली संघिय समाज बेल्जियमको संयुक्त बैठकले एन आर एन बेल्जियमको आगामी अधिबेशनले चुनिने २०१७ देखि २०१९को कार्य समिति निर्माणका लागी हाल सम्मा घोषित उम्मेदवार मध्ये सामाजिक योगदान , सकृयता र सन्तुलनका आधारमा लोक दहाललाई समर्थन गर्ने निर्णय गरिएको छ । एन आरएन बेल्जियमको निर्वाचनलाई सर्वसम्मत तुल्याउन हदैसम्मा लचक रहदैं सबै विकल्प खुला राखेर यो प्रकृया सम्बद्ध सबै पक्षसँग उपयुक्त छलफलका लागी तयार रहेको जानकारी गराउन चाहन्छौं र प्रकृयाका लागी सर्वसम्मत उम्मेदवारका रुपमा लोक दहाललाई नै प्रस्ताव गरिएको छ ।् यदि सर्वसम्मत नभएको खण्डमा लोक तान्त्रिक बिधि र प्रकृयालाई सम्मान गर्दै लोक दहालकै नेतृत्वमा निर्वाचन प्रकृयामा संयुक्त रुपमा सहभागी हुने प्रतिबद्धता जाहेर गर्दछौ. । बेल्जियमको नेपालीसमाजको यथार्तता, सामाजिक ब्यक्तिहरुको भुमिका, नेतृत्वको समान ििवतरण, अवसरको न्यायोचित प्रयोग तथा एकै बिचार समूह वा मान्यता भन्दा भिन्न तवरले एन आर एन अभियानलाई उठान गर्न आम एन आर एन तथा सम्पूर्ण सं संस्था , वर्ग , समुदायमा अनुरोध गर्दछौं । धन्यबाद ।

जित लामा अध्यक्ष

नेपाली जनप्रगतिशिल मञ्च,

मेख गुरुङ अध्यक्ष नेपाली जनप्रगतिशिल मोर्चा

दिपेन्द्र के सि का वा अध्यक्ष

प्रवासी नेपाली एकता समाज

लोक राना मगर

महासचिव नेपाली संघिय समाज,बेल्जियम

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015