hellouknepal.com

बैचारीक समचार

देउवालाई बाम दलले भने-‘के गर्नुछ गर्नुस, चाँडो सरकार छाड्नुस

काठमाडौं, २० पुस ।

बाम गठबन्धनका प्रमूख दल नेकपा एमाले र माओवादी केन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवालाई जे गरेर भएपनि चाँडै सरकार निर्माणको बाटो खोल्न दबाब दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा एमाले र माओवादी नेताहरुले प्रदेश प्रमूख तोक्ने र मुकाम तोक्ने कुरा सरकारको भएकाले आफूहरुले केही नभन्ने बताएका थिए । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए। तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न नचाहेका एमाले नेताले बताए ।
उनीहरु प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् ।

बैठकपछि एमाले नेता अग्नि खरेलले भने, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं ।’

लगत्तै कांग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भनेका थिए ।

बैठकमा माओवादी र एमाले नेताहरुले जे गर्ने हो चाँडो गर्नुस तर छिटो सरकार गठनको लागि मार्ग प्रसत गर्नुस भन्दै ददेउवालाई सरकार छाड्न दबाब दिएका थिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015