You are here
Home > अन्तराष्ट्रीय > ३९ भारतीयको इराकमा हत्या भएको विदेशमन्त्री स्वराजद्वारा पुष्टी

३९ भारतीयको इराकमा हत्या भएको विदेशमन्त्री स्वराजद्वारा पुष्टी

नयाँ दिल्ली, चैत्र ६ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार संसदमा सम्बोधन गर्दै सन २०१५ मा इराकमा अपहरणमा परेका आफ्ना ४० नागरिकलाई आईएसआईएस हत्या गरेको जानकारी दिएकी छन् ।

सन २०१४ मा रोजगारीका लागि इराक पुगेका ४० जनालाई एक वर्षपछि मोसुलबाट अपहरणमा परेका थिए । त्यसमध्ये एक जना हरजीत मसीह भने अपहरणकारीको पञ्जाबाट उम्किन सफल भएका थिए ।

हरजीत मसीहले भने, ‘मैले आफ्नै आँखाले अरु हाम्रा साथीहरुको हत्या गरेको देखें ।’

संसदमा बोल्दै विदेशमन्त्री स्वराजले मृतकको शव स्वदेश ल्याउने प्रक्रिया शुरु भइसकेको छ । संभव भएसम्म छिटो उनीहरुलाई भारत ल्याइने छ ।

मोसुल घटनापछि कामदारको अवस्था बुझ्न भारत सरकारले जनरल वीके सिंह इराक गए पठाएको थियो ।

प्रतिकृया दिनुहोस

Top