You are here
Home > देश/समाज > समृद्धिका लागि ऊर्जा र सिंचाईको क्षेत्रबाट जिम्मेवारी पुरा गर्छुु : मन्त्री पुन

समृद्धिका लागि ऊर्जा र सिंचाईको क्षेत्रबाट जिम्मेवारी पुरा गर्छुु : मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल निमार्णको मुख्य आधार नै पानीको अधिकतम सदुपयोग भएकाले त्यो जिम्मेवारी आफ्नो मन्त्रालयले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वाम गठवन्धनको सरकारले लिएको राजनीतिक स्थिरता सहितको सुशासन र समृद्धिको लक्ष पुरा गर्न ऊर्जा र सिंचाईको क्षेत्रबाट आफुले ठूलो योगदान पुर्याउने बताए । नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सम्बन्धित क्षेत्रमा रिपोटिङ गर्ने विभिन्न मिडियाका पत्रकारहरुसँग मंगलबार मन्त्रालयमै अन्तरक्रिया गर्दै मन्त्री पुनले भने, ‘दोहोरो अंकको आर्थिक बृद्धि र नेपालको समृद्धिका लागि महत्वपूर्ण टेवा दिने भनेकै नेपालको ऊर्जा र सिंचाईको क्षेत्रले हो, त्यो जिम्मेवारी पुरा गर्न म प्रतिवद्ध छु ।’

१. मेरो पहिलो प्रतिवद्धता मन्त्रालय भित्रै सुशासन हो, त्यो माथिबाटै शुरु गर्दछु । पत्रकारहरुले हाम्रो निगरानी गर्नुस् ।

२. दोहोरो अंकको आर्थिक बृद्धि र नेपालको समृद्धिका लागि महत्वपूर्ण टेवा दिने ऊर्जा र सिंचाईको क्षेत्रले हो, त्यो जिम्मेवारी पुरा गर्न म प्रतिवद्ध छु ।

३. जलश्रोतको प्रयोग दिर्घकालिन योजनासहित नीजि क्षेत्र र आम जनताको स्वमित्व हुने गरि तयारीमा छु ।

४. संघीयतामा गएपछि प्राकृतिक श्रोतहरुको प्रयोग र परिचालन कसले कसरी गर्ने भन्ने कुरा आउँन सक्छ । यसमा म सचेत छु । आपसी समन्वयमा ठूला, मझौला र साना आयोजनाहरु संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्दछ ।

५. आगमी १० बर्षमा नेपालमा ऊर्जाको माग १० हजार मेगावाट नै हुन्छ । त्यसैले हामी उर्जामा कम्तिमा आत्र्मनिर्भर हुनुपर्दछ । अधिकतम रुपमा हामीले १० बर्षमा २० हजार मेगावाट उत्पादन गर्ने भनेका छौं । आन्तरिक खपतबाट बचेको बिजुली छिमेकी देशहरुलाई बेच्न सकिन्छ ।

६. १ खर्ब भन्दा धेरैको ईन्धन आयात भईरहेको छ । त्यसलाई चुलोसम्म बिजुली पु¥याएर ईन्धनलाई प्रतिस्थापन गरि नेपाली पैसा विदेशीनबाट रोक्ने हाम्रो प्रयास हुनेछ ।

७. नेपालको लोडसेडिङ अन्त्य गर्न भारतबाट आयातित ५ सय मेगावाट विजुलीको आयात तत्काल रोक्नका लागि अधिकतम प्रयास गर्नेछु ।

८. उज्यालो पाउने हरेक नेपालीको अधिकार हो । सकेसम्म सबै घरमा बिजुली पु¥याउने र विजुलीलाई उद्यमशिलतासँग जोड्ने अभियान साकार पार्नु छ ।

९. झोलामा खोला बोल्नेहरु जसले लाईसन्स ओगटेर बसेका छन् त्यस्ताबिरुद्ध कठोर कदम चाल्ने र परियोजना सम्पन्न गर्ने नीजि क्षेत्रलाई प्रोत्साहन गर्न तयार छु ।

१०. पुराना अड्कएर बसेका आयोजनालाई कुनै हालतमा पनि पुरा गराउन म लाग्ने छु ।  मन्त्री पुनले अहिले आफु मन्त्रालय भित्रका विभिन्न क्षेत्रको रिपोर्ट लिने क्रममै रहेकाले केही समय भित्रै आफ्नो योजना र प्राथामिकताहरुलाई अझ व्यवस्थित रुपमा अघि सार्ने बताए । विभिन्न संचारमाध्यमका संचारकर्मीहरुले मन्त्री पुनलाई अड्किएर बसेका आयोजना सम्पन्न गराउन, ढिला सुस्ती गर्ने र लागत बढाउनेबिरुद्ध कठोर कदम चाल्न, रिजर्भ वायर प्रकृतीको ठुलो परियोजनाहरुको योजना बनाउन तथा धेरै कुरा गर्नेभन्दा पनि परिणाम निकालेर जनतालाई दिन सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

Top