You are here
Home > UK-गतिबिधी > बेलायतको ग्रेटर रेडिङ्ग नेपाली समाजले बहुउद्देशिय साझा सामुदायिक घर लिने पहल गर्दै बार्षिक साधारण सभाको अन्तिम तयारी पुरा

बेलायतको ग्रेटर रेडिङ्ग नेपाली समाजले बहुउद्देशिय साझा सामुदायिक घर लिने पहल गर्दै बार्षिक साधारण सभाको अन्तिम तयारी पुरा

रेडिङ्गमा बस्ने हामी सम्पूर्ण नेपालीको साझा घर
यहि हो हाम्रो पहिचान दिने सक्कली नामथर
भन्ने मुल नारालाई अगाडि सार्दै समाजले नेपालीहरुको भाषा संस्कृती र रिति रिवाजलाई नयां पुस्ता तर्फ हस्तान्तरण गर्दै नेपाली मन र नेपाली पनलाई एकताबद्ध गर्ने भावनाकासाथ नेपाली घर खरिद प्रकृयाको अन्तिम चरणमा पुगेको छ ।
नेपाली घरको मुल मर्मको बिषयलाई प्रष्ट पार्दै समाजका अध्यक्ष कृष्ण न्यौपाने भन्नु हुन्छ, नेपालीहरुको भाझमा बिबिध कार्यक्रमहरु संचालन गर्न जस्तै स्वास्थ्य सिबिर चलाउन, छोटो अवधिका तालिमहरु संचांलन गर्न, सामाजिक, धार्मिक कार्यहरु गर्न, भजन किर्तन गर्न, किरियापुत्री बस्न, बिबाह, ब्रतबन्ध, पुजाआजा गर्न, लोक संगीत सिक्न सिकाउन, संगीत पाठशाला संचालन गर्न, ईन्डोर स्पोर्ट्स, योगा, जुम्बा लगाएत नेपालभ्रमणबारे पर्याटकिया सूचना प्रदर्शन तथा प्रबाह गर्न, भूपू गोर्खा सम्बन्धि अनुसन्धान कार्य संचालन गर्न आदि उदेश्य पुरा हुनको लागि बेलायतको ग्रेटर रेडिङ्गमा नेपालीहरुको बहुउद्देशिय साझा सामुदायिक घर लिने तर्फ पहल थालिएको हो ।

यस सम्बन्धि कार्य अगाडी बढाउनको लागि सम्पूर्ण स्थानीय संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुको प्रतिब्निधित्व हुनेगरी एक ’स्टेरिंग कमिटि’ गठनगरि ग्रेटर रेडिङ्ग नेपाली समाजका अध्यक्ष्य कृष्ण न्यौपानेको सयोजकत्वमा उक्त कार्य अगाडी बढाईएको छ र हाल सम्मको प्रक्रियाको प्रगति यस्तो छ ।

ग्रेटर रेडिङ्ग नेपली समाजको गत बार्षिक साधारणसभाबाट म्यान्डेट प्राप्त पश्चात कार्य समितिले घर खरिद गर्न छलफलको लागि निर्णय तथा पहलगर्दै बृहद भेलाले स्टेरिंग कमिटि गठनगरि अगाडी बढ्न सर्बसम्मत निर्णय भएको, योजक, सचिब, कोषाधक्ष सहित सम्पूर्ण स्थानीय संघ, संस्थाका जिम्मेवार पदाधिकारी, भद्र प्रतिष्ठित व्यक्तित्वहरु सहितको स्टेरिंग कमिटि गठन गरिएको पहिलो स्टेरिंग कमिटिको बैठकले ७ उपसमितिहरु चयन गरेको जसमा जनसंख्या तथ्यांक संकलन, नीति नियम रकानुन, घर, जग्गा, फन्ड जेनेरेशन, बिजिनेस प्लान. इन्भेस्टमेन्ट पोलिसीस् नबराज न्यौपाने, विश्व पुडासैनी, डोनेसन संकलन पर्दछन
आर्थिक संकलन जुटाउने बिषयमा अध्यक्ष कृष्ण न्यौपाने का अनुसार केहि आधारहरु तय गरिएको यस क्षत्रमा बस्नेहरुको बार्षिक आम्दानी स्तर, स्थाई घर भएका नेपालीहरुको गणना गरि निश्चित रकम लगानिकोलागी प्रस्ताव गर्ने स्थाई बसोवास नभएको परिवारको लागी निस्चित लगानी र सहयोग दुबै खुला राख्ने, यस क्षेत्र भन्दा बाहिरका ब्यक्तित्व, समाज, तथा ब्यवासायिहरु संग सहयोग माग्ने प्रस्ताव समाजको कार्य समितिमा लैजाने र समितिलेको निर्देसन अनुसार अगाडि बढ्ने निति रहेको बताउनु भयो । यी आधारहरु माथि गहिरो छलफल गरि आउँदो स्टेरिंग कमिटिको बैठकले निर्णय लिने छ
समाजको पहलमा हालसालै रेडिङ्ग बरो काउन्सिलको एउटा राम्रो प्रपर्टी पुर्बी रेडिङ्गको किंग्सरोडमा अबस्थित अर्थर हिल स्विमिङ्ग पूल बिक्रीमा राखिएको हुँदा आबश्यक बिडिङ्ग प्रक्रिया पुरागरी कागजात संलग्नगरि काउन्सिलको प्रपर्टी लिलामी शाखामा दर्ता गरिएको छ । निकट भविष्यमा ग्रेटर रेडिङ्गमा बस्ने नेपालीहरुको एउटा साझा सामुदायिक घर हुनेमा स्टेरिंग कमिटि लगाएत समाजका सदस्य सुभचिन्तकहरु ढुक्क रहेको पाईन्छ । हामी सबैले कामना गरौं नेपाली समाजको पहलमा हुनै आगामी दशै नेपाली घरमा मनाउन पाईयोस यहि सुभकामना ।

परदेशी भुमीमा पनी पाईन्छ है नेपाली पन 

जहाँसुकै पुगौँ हामी आखिर हाम्रो नेपाली मन 

GRNCA

 (GREATER READING NEPALESE COMMUNITY ASSOCIATION )

GRNCA बेलायत स्थित नेपालीहरुबिच एक प्रख्यात नाम हो । यो संस्था सन २००१ मा गठन भए देखी निर्बाध रुपमा अगाडि बढिरहेको छ ।

बेलायकको रेडिंग स्थित रेडिङ्ग नेपाली समाजले ( GRNCA) आफ्नो बार्षिक साधारण सभा यहि 8th April 2018 मा सँस्थाको

 १७औँ जन्मोत्सवको साथमा भब्यताका साथ मनाऊन गैरहेको छ ।

बास्तबमा बेलायतमा रहेका बिभिन्न संघहरु मध्य गएका बर्षहरुमा संचालित सामाजिक र

सामुदायिक कल्याणका कृयाकलापहरुको आधारमा

  संस्थाहरुको सच्चा मूल्याँकन गर्ने हो भने GRNCA सायद पहिलो संस्था बन्नेकुरामा कुनै शन्देहनहोला । यस अर्थमा  GRNCA ले एक बर्षको अबधिमा तल उल्लेखित ३० वटा कृयाकलाप आयोजना गरि उल्लेखनीय सफलता प्राप्त गरेको छ ।

सम्पन्न कार्यक्रम क्रियाकलाप
यो क्रियाकलाप कीन गरिएको हो ? सिकाई  के रह्यो ?

प्रतिकृया दिनुहोस

Top