You are here
Home > विशेष > यस्ताे थियाे चुनवाङ बैठकको कार्यदिशा, पुर्णपाठ

यस्ताे थियाे चुनवाङ बैठकको कार्यदिशा, पुर्णपाठ

वर्गसंघर्ष र अन्तरसंघर्ष दुवैका दृष्टिले आज हाम्रो पार्टी, आफ्नो विकासको अत्यन्त चुनौतीपूर्ण र सम्भावनायुक्त मोडमा आइपुगेको छ । महान् जनयुद्धका दश वर्षका बहुपक्षीय प्रभाव र परिणाम नै आजका चुनौती र सम्भावनाका प्रमुख कारक हुन् । मा.ले.मा.का आधारभूत सिद्धान्त, इतिहासका अनुभव र वर्तमान घरेलु एवम् बाह्य वर्ग शक्ति सन्तुलनको वस्तुवादी आँकलनद्वारा सही विचारधारात्मकर राजनैतिक कार्यदिशाको विकास गरेर मात्र पार्टीले आजका चुनौतीहरूको सामना गर्न सक्नेछ । केन्द्रीय समितिको यौ बैठकको महत्व यस अर्थमा दूरगामी हुने कुरा स्पष्ट छ ।

१) विश्व परिस्थिति बारे
१.क) साम्राज्यवाद र सर्वहारा आन्दोलनका सम्बन्धमा– पूँजीवादी वर्गीय सारतत्व एउटै रहँदारहँदै पनि साम्राज्यवादले आफ्नो विकासक्रममा नयाँ नयाँ रूप र आकार ग्रहण गर्दै आएको छ । आर्थिक, राजनैतिक, सांस्कृतिक र सामरिक दृष्टिले एउटै भूमण््डलीकृत राज्यका रूपमा धर्तीका आम–जनसमुदायको शोषण–उत्पीडन गर्नु आजको साम्राज्यवादको प्रमुख विशेषता बन्न गएको छ । दोस्रो विश्वयुद्धको वरिपरि देखापरेको राष्ट्रिय मुक्ति,, जनवादी र समाजवादी आन्दोलनको लहरबाट एकातिर र अर्काेतिर शीतयुद्धको अन्त र साम्राज्यवादी प्रतिद्वन्दिताद्वारा प्रभावित रहने गरेको विश्व अहिले अमेरिकी साम्राज्यवादको एकल हैकमको चपेटामा परेको छ ।

विश्व सर्वहाराक्रान्तिको पहिलो उभारका क्रममा विकास भएका नयाँ जनवादी र समाजवादी सत्ताहरू राजकीय नोकरशाही पूँजीवादका विरूद्धको सत्ता सङघर्षमा पराजित हुनु, अन्य प्रमुख साम्राज्यवादी देशहरू माथि आर्थिक एवम् मुख्यतः सामरिक दृष्टिबाट अमेरिकी साम्राज्यवादको अतुलनीय श्रेष्ठता कायम हुनु, तेस्रो विश्वका देशहरूको राष्ट्रिय पूँजी र अर्थतन्त्रमाथि बहुराष्ट्रिय वित्तीय पूँजीको नियन्त्रण कायम हुनु तथा सुचना प्रविधि माथिको एकाधिकारमार्फत् विश्वव्यापी र अर्थतन्त्रमाथि बहुराष्ट्रिय वित्तीय पूजीको नियन्त्रण कायम हुनु तथा सुचना प्रविधि मातिको एकाधिकार मार्फत विश्वव्यापी सांस्कृतिक हस्तक्षेप तीव्र पार्नु आदि जस्ता प्रमुख कारणहरूले उपरोक्त हैकम कायम हुन पुगेको छ ।

अमेरिकी साम्राज्यवादको यो भुमण्डलीकृत राज्य रूपको परिणाम आज दोस्रो विश्वयुद्धपछि विकसित गरिएका अन्तर्राष्ट्रिय मुल्य–मान्यता, विधि–विधान र संरचनाहरू निरिह बन्दै गएका छन् । सेप्टेम्बर ११ पछि दुनियाँका कुनै पनि राष्ट्र वा विचार समुदायका अगाडि ‘हामीसँग वा हाम्रा विरूद्ध’ भन्ने कठोर प्रश्न खडा गर्दै अमेरिकी साम्राज्यवादले खुलेआम युद्धको घोषणा ग¥यो । विश्वव्यापी विरोधका बावजुद अफगानस्तान र इराकमाथि गरिएको फासीवादी हमला र आफ्नो राष्ट्रिय स्वार्थ र मौलिक वैचारिक आस्थाको पक्षपोषण गर्ने देश र राजनैतिक आन्दोलनका विरूद्धको चौतफी धम्कीले उपरोक्त तथ्यलाई निर्विवादरूपमा प्रमाणित गरिरहेका छन् ।
अमेरिकी साम्राज्यवादको यो फासीवादी स्वरूप आफ्नो सारतत्वमा गम्भीर विचारधारात्मक सङ्कटको जगमा खडा भएको छ । सन् ७० को दशकसम्मका आफ्नै कतिपय पूँजीवादी विचार मूल्यहरूबाट समेत च्यूत बनेर साम्राज्यवादका नाइकेहरू अहिले मध्ययुगको विशुद्ध धार्मिक अन्धतालाई प्रोत्साहित गर्दै र त्यसकै आडमा शासन गर्ने जमर्काे गरिएका छन् । २१ औं शताब्दीमा विज्ञानले गरेको चौतर्फी विकासका पृष्ठभूमिका मध्ययुगको अन्धो विचारमा टिक्नुपर्ने बाध्यता र जर्ज बुसको कथित आतकङकवादका विरूद्ध कथित धर्मयुद्धको घोषणाले साम्राज्यवादी विचारधारात्मक संकटको गहिराऐलाई स्पष्ट गर्दछ। यसबाट आजको मानवजातिका प्रगतिशील र वैज्ञानीक आकाङ्क्षा विरुद्ध साम्राज्यवाद निकै कठोर रूपमा प्रस्तुत हुनुको ऐतिहासिक कारण स्पष्ट हुन्छ ।

भूमण्डलीकृत साम्राज्यवादको यो नयाँ स्वरूपलाई मानव जातिको प्रगतिको नयाँ युग भनेर जतिसुकै विज्ञापन गरिए पनि अनगिन्ती सजीव तथ्य, अनुभव र व्यवहारले यसलाई औपनिवेशिकरणको नयाँ, नाङ्गो र घृणित स्वरूबाहेक अरू केही सावित गरेकै छैन । ९० को दशकयता मुठ्ठीभर पूँजीवादी अरब, खरबपति बन्ने तथा अरबौ जनसमुदाय झन–झन् गरिबीको दुष्चक्रमा फँस्ने प्रक्रिया तीव्र बनेर धनी र गरिबका बीचको खाडल झन् भयावह बनेको तथ्यलाई स्वयम् विश्व बैङ्कको तथ्याङ्कले समेत स्पष्ट गरेको छ । आज एक अरब ६० करोड मानिसको जीवनस्तर ९० को दशकभन्दा गुणात्मक रूपले गिरेको छ । सामान्य उपचारबाट बचाउन सकिने बच्चाहरू दैनिक तीस हजारको दरले मरिरहेका छन् । ८० करोडभन्दा बढि मानिस कुपोषणको सिकार छन् र त्यसको २÷३ हिस्साले ४० वर्षको उमेर भोग्न सम्भव छैन । तेस्रो विश्वका २५ करोड बालबच्चाहरू शिक्षा–दिक्षाको कुरा त परै छ दुई छाक टार्नकै निमित्त बालदासका रूपमा काम गर्न बाध्य छन् । दिनदिनै लाखौं युवतीहरू वेश्यावृत्तिमा धकेलिएका छन् । तेस्रो विश्वका करोडौं बेरोजगार युवाहरू रोजीरोटीका लागि भूमण्डलीय श्रमबजारमा आधुनिक दासझैँ भौतारिएका छन् । यसरी नीजिकरण, उदारीकरण र भूमण्डलीकरणको साम्राज्यवादी नयाँ विश्व व्यवस्थाले धर्तीमा विशाल बहुसङख्य जनतालाई एउटै हाँडीमा राखेर भुट्ने प्रक्रियालाई तीव्रता दिइरहेको तथ्य मात्रस्पष्ट हुन्छ ।

यहाँ ध्यान दिनुपर्ने अर्काे महत्वपूर्ण पक्ष यो रहेको छ कि १४० देशमा आफ्नो सैन्यअड्डा कायम गरेर विकसित गरिएको अमेरिकीसाम्राज्यवादको भूमण्डलीकृत राज्यरूपले स्वाभाविक रूपमा विश्वस्तरकैप्रतिरोध र विद्रोहलाई गुणात्मक रूपले आवश्यक र सम्भव तुल्याएर लागेको छ । आज विश्वकोृ कुनै पनि देशको राष्ट्रिय मुक्ति, जनवादी वा समाजवादी आन्दोलन त्यतिबेलासम्म सफल हुन सम्भव छैन, जति बेलासम्म त्यो विश्वव्यापी जनप्रतिरोधको अभन्नि हिस्साका रूपमा अगाडि बढ्न सक्तैन । अन्तर्राष्ट्रवादको महान् सर्वहरा सिद्धान्तको व्यवहारिक प्रयोगको भौतिक वातावरण अहिले जस्तो व्यापक रूपमा पहिला कहिल्यै तयार भएको थिएन । संयुक्त राज्य अमेरिकाकै जनतादेखि लिएर विश्वका सबै महादेशका जनताले आज एउटै प्रकृतिको भूमण्डलीकृत साम्राज्यवादी शोषण–उत्पीडन र आक्रमणकोृ सिकार बन्नु परिरहेको छ । नयाँ भियतनामका रूपमा इराक, अफगानिस्तानमा बढिरहेको प्रतिरोधदेखि नेपाल, भारत, पेरू, टर्की र फिलिपिन्सका क्रान्तिकारी आन्दोलनसम्म, अमेरिकाकै जनसमुदायदेखि युरोपका जनसमुदायसम्मको बढ्दो असन्तुष्टी जनप्रर्दश्नको सिलसिलासम्म अमेरिकी साम्राज्यवाद र त्यसका दलाल घरेलु शासकहरू बनिरहेका छन् ।

दक्षिण एसियामा अमेरिकी साम्राज्यवादका अगाडि झुक्दै गएको भारतीय विस्तारवादी शासकवर्गका विरूद्ध क्रान्तिकारी जनवादी र राष्ट्रिय मुक्ति आन्दोलन तीव्र बन्दै गएको छ । यस सन्दर्भमा लामो समयदेखि जनयुद्धको नेतृत्व गरिरहेका भारतका दुई महत्वपूर्ण पार्टीहरूको एकीकरणबाट बनेको भा.क.पा. (माओवादी) को विकास विशेष उल्लेखनीय रहेको छ । केही समयदेखि नेपालको निरङ्कुश सामन्ती राजतन्त्र र भारतीय शासकवर्ग बीचमा बढ्दै गएको उल्लेखनीय रहेको छ । केही समयदेखि नेपालको निरङ्कमुश सामन्ती राजतन्त्र र भारतीय शासकवर्गका बीचमा बढ्दै गएको अन्तरविरोध पनि ध्यान दिन योग्यछ । बजारको चाबी अमेरिकी साम्राज्यवादलाई बुझाएर आर्थिक वृद्धि गरिरहेको चिनियाँ संशोधनवादी पूँजीवादी शासकहरू पनि दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्ने कुटिल प्रक्रियामा लागेका छन् ।
उपरोक्त वस्तुगत परिस्थितिले साम्राज्यवादी विश्व व्यवस्थालाई समूल नष्ट गरी जनताको नयाँ समाजवादी विश्व व्यवस्था कायम गर्ने भौतिक वातावरणको परिवक्वतालाई स्पष्ट गर्दछ । तर, वस्तुगत रूपले जतिसुकै सङकटग्रस्त भए पनि साम्राज्यवाद आपूmखुशी वा स्वतस्पूmर्त ढङगले नष्ट हुने छैन । त्यसका लागि विज्ञानसम्मत वैचरितक नेतृत्वसहित जनसमुदायको सचेत धक्का र बल प्रयोग अनिवार्य हुन्छ । इतिहाससिद्ध वैज्ञानिक सत्य यही हो कि त्यस प्रकारको नेतृत्व अन्तर्राष्ट्रिय सर्वहारावर्ग र उसको क्रान्तिकारी विचारबाहेक अन्य कुनै वर्ग, समुदाय वा विचारबाट सम्भव छैन । तर, विश्व सर्वहारा क्रान्तिको पहिलो उभारको बीसौं शताब्दीमै समापन भएको तथा नयाँ उभार दृष्टि क्षितिजमा मात्र रहेको अहिलेको सङ्क्रमणकालीन अवस्थामा सर्वहारा आन्दोलनले समेत वैचारिक विकासको चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीसँग विश्व सर्वहारा आन्दोलनमा नेतृत्वको समस्या अभिन्न रूपले जोडिएको छ ।

१.ख) आजको वस्तुगत स्थितिले साम्राज्यवादबारे लेनिन र माओले गरेको विश्लेषण र त्यसका आधारमा निर्मित सर्वहारा रणनीतिसम्बन्धी कैयौं मान्यता नै पछि परिसकेको कुरामा २१ औं शताब्दीका सर्वहारावादी क्रान्तिकारीहरूको ध्यान गम्भीर रूपले केन्द्रित हुन जरूरी छ । अन्तर–साम्राज्यवादी प्रतिद्वन्द्विता तथा विश्वको निश्चित भू–भागको विभाजन र पुनर्विभाजनका निमित्त उनीहरूका बीचमा चलिरहने युद्धको प्रकृतिकाबारे लेनिनद्वारा गरिएको विश्लेषण र त्यसका आधारमा निर्मित सर्वहारा रणनीतिबारे मान्यता दोस्रो विश्वयुद्धपछि र कार्यनीतिकै अर्थमा भए पनि माओले गरेको तीन विश्वको विश्लेषणको स्थिति शतियुद्धपछि मूल रूपमा रहने । भूमण्डलीकृत राज्यरूपको हिसाबले अगाडि बढिरहेको अमेरिकी साम्राव्यवादको स्थितिले लेनिन र माओका यस सम्बन्धी विश्लेषणलाई त्यसरी नै पछि पारेका छन्, जसरी मार्क्सको पँुजीवादसम्बन्धी तात्कालीन विश्लेषणका आधारमा युरोपका विकसित पुँजीवादी देशहरूमा पहिला र एकैचोटी क्रान्ति हुने विश्लेषण र रणनीतिलाई लेनिनको समयमा आइपुग्दा भएको साम्राज्यवादको विकासले पछि पारेको थियो। २१ औं शताब्दीमा मा.ले.मा.लाई विकास गर्ने र नयाँ सर्वहारा रणनीति निश्चित गर्ने यो नै प्रमुख मुद्दा हो । यो मुद्दामा ध्यान केन्द्रित नगरी अबको विश्वक्रान्तिका चुनौतीको सामना हुनै सक्तैन ।

यसको यो अर्थ लगाउन भने हुँदैन कि विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी गुटका बीचको अन्तरविरोध नै सिद्धियो । निश्चितरूपमा त्यो अन्तरविरोध पनि छ र रहन्छ तथा सर्वहारावादीहरूले त्यसलाई ध्यान दिइरहनु पर्दछ । तर, आजको विश्वलाई त्यसले होइन, एकातिर अमेरिकी साम्राज्यवाद र अर्कातिर त्यसका विरूद्धको विश्वसङ्घर्षले निर्धारित गरिरहेको छ । हाम्रो पार्टीले दोस्रो ऐतिहासिक राष्ट्रियसम्मेलनमा अघि सारेको २१ औं शताब्दीको जनताको दक्षिण एसियाली फेडरेशनको अवधारणालाई विश्व सोभियत फेडरेशनको अवधारणासम्म विकास गरी प्रत्येक देशको राष्ट्रिय मुक्ति, जनवादी र समाजवादी आन्दोलन त्यसअन्र्तगत चलाउनु पर्ने आवश्यकता आजको इतिसाको ज्वलन्त आवश्यकता हो ।

क.माओ त्से तुङ्गको मृत्यु र चीनमा समेत पूँजीवादको पुनः स्थापना भएपछि अन्तर्राष्ट्रि आन्दोलन एकातिर मुख्य रूपले विभिन्न रूपको दक्षिणपन्थी संशोधनवाद र अर्कातिर पुरानै कुरा र अनुभवमा ती प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्दै मा.ले.मा.को समग्र विकास आवश्यक छ । द्वन्द्वात्मक भौतिकवादको वैज्ञानीक हतियारको प्रयोगद्वारा मात्र त्यो बिकास सम्भव हुने कुरा स्पष्ट छ। पँुजीवादी बहुलवाद र जडसुत्रीय संशोधनवादका विरूद्ध सङ्घर्ष गर्दै मा.ले.मा.को समग्र विकास आवश्यक छ । द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक हतियारको प्रयोगद्वारा मा तयो विकास सम्भव हुने कुरा स्पष्ट छ । द्वन्द्वात्मक भौतिकवाद पूँजीजादी बुहलवाह र जडसुत्रीय संशोधनवादका विरूद्ध सर्वहारावर्गको चिवारलाई निरन्तर विकास गर्ने साधन भएको कुरालाई गहिरोसँग आत्मसात गर्न जरुरी छ ।

निश्चय नै यसबीचमा मा.ले.मा.का आधारभूत सिद्धान्तको रक्षा, प्रयोग विकास गर्ने प्रतिबद्धतासहित अगाडि आएको क्रान्तिकारी अन्तर्राष्ट्रवादी आन्दोलन ९च्क्ष्ः०ले विचारधारात्मकरूपमा महत्वपूर्ण भूमिका खेलेको छ । तर, यसलाई २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्ने नयाँ कम्युनिष्ट अन्तर्राष्ट्रियको स्तरमा विकास गरी विश्वक्रान्तिको वास्तविक नेतृत्वको भूमिकामा पु¥याउन भने व्यापक अध्ययन, वहश र सङघर्षको खाँचो छ ।
वर्तमान विश्व साम्राज्यवादी विशेषताका कारण अन्तर्राष्ट्रिय आन्दोलनको आवश्यकता, सम्भावना र महत्व गुणात्मक रूपले बढ्न गएको यथार्थलाई दहेसँग आत्मसात गरी दस वर्षदेखि जनयुद्धको सफलतापूर्वक नेतृत्व गरिरहेको पार्टीका हैसियतले विचार र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकास गर्न हाम्रो गौरवशाली ने.क.पा. (माओवादी)को काँधमा ठूलो जिम्मेवारी रहेको छ । विगतमा पार्टीको अन्तर्राष्ट्रिय भूमिका आवश्यकताको तुलनामा कमजोर रहेको यथार्थलाई स्वीकार गरी त्यो दिशामा पहल बढाउन जरूरी छ । अन्तर्राष्ट्रिय आन्दोलनको विकाससँग नेपाली क्रान्तिको भविष्य अविभाज्य रहेको सच्चाइलाई आत्मसात गरी पार्टीले ठोस कार्ययोजनाको विकास गर्नेपर्दछ ।

२) घरेलु परिस्थितिको मूल्याङ्कन र पार्टी कार्यनीतिका सम्बन्धमा

क) सामन्तवाद र साम्राज्यवादको गठबन्धमा आधारित सामन्त, नोकरशाह र दलाल पूँजीपतिवर्गको सत्तासँग नेपाली जनताको अन्तरविरोधलाई नयाँ जनवादी क्रान्तिको न्यूनतम कार्यक्रम र रणनीतिद्वारा हल गर्न पार्टीको नेतृत्वमा पहल गरिएको जनयुद्धले दस वर्षको अवधिमा राष्ट्रिय राजनीतिको वर्गीय शक्ति सन्तुलनमा व्यापक हेरफर ल्याइदिएको छ । देशको सम्पुर्ण ग्रामीण इलाकाबाट पुरानो सत्ता बढारिएको छ भने आफ्नो विकासको प्रारम्भिक चरणमै भए पनि ती स्थानमा जनताका जातीय, क्षेत्रीय स्वायत्त गणतान्त्रिक र स्थानीय सत्ताहरूको जन्म भएको छ । जनताका यी सत्ताहरू क्रमशः नेपाली विशेषताअनुसारको सङ्घीय जनगणतन्त्रको केन्द्रीय सरकार बन्ने दिशातिर अग्रसर छन् । जनमूक्ति सेनाले दुश्मनको सैन्यशक्तिका विरूद्ध रणनैतिक रक्षा र सन्तुलनको चरण पार गरी प्रत्याक्रमणको चरणमा प्रवेश गरेर त्यसको पहिलो योजना कार्यान्वयन पनि गरीसकेको छ । आज घरेलु परिस्थितिको यो नै प्रमुख विशेषता बनिरहेको छ ।

ख) पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारागरिएको विचार संश्लेषण र त्यसले अगाडि ल्याएको राजनैतिक र फौजी कार्यनीतिले जब जनयुद्धको विकास प्रक्रियालाई अझ तिव्रता र गुणात्मकता प्रदान ग¥यो, तब पुरानो सत्ताका उदारवादी र कट्टरपन्थी हिस्साका बीचको अन्तरविरोध पनि तीव्र बनेर गयो । त्यो अन्तरविरोधको पहिलो विष्फोट भयानक नारायणहिटी हत्याकाण्डका रूपमा हुन पुग्यो । सो हत्याकाण्ड आफ्नो सारतत्वमा पुरानो सत्तामा विद्यमान उदारवादी गुट र हिस्साका विरूद्ध परम्परागत कट्टर सामन्ती तत्वको नेतृत्वमा सत्ताकै कट्टरपन्थी हिस्साले गरेको षडयन्त्र, विद्रोह र विजयको परिणाम थियो । मुख्य रूपमा जनयुद्ध र साथसाथै ०४६ सालको इेतिहासिक जनाआन्दोलनका उपलिब्धका विरूद्धसमेत त्यो हत्याका परिलक्षित थियो भन्ने कुरा अब दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । हाम्रो पार्टीले तत्काल त्यो षडयन्त्रमूलक हत्याकाण्डका पछाडि नक्कली राजा ज्ञानेन्द्र शाही र उसको निरङ्कुश सामन्ती गिरोहलाई विदेशी प्रतिक्रियावादी शक्ति मुख्यतः ः अमेरिकी साम्राज्यवादको आड रहेको राजनैतिक विश्लेषण गरेको थियो । आज ज्ञानेन्द्र शाहले खुलेआमा ‘कु’ गरेरु देशमा निरङ्कुश सामन्ती राजतन्त्रात्मक फौजी अधिनायकवाद थोपर्दासमेत आफुलाई विश्वभरिकै लोकतन्त्रको ठेकेदार सम्झने अमेरिकी साम्राज्यवादको संसदवादी राजनैतिक दलहरूलाई त्यही निरङकुश राजतन्त्रका अगाडि आत्मसमर्पण गर्न दिइरहेको दबाबले हाम्रो त्यतिबेलाको विश्लेषण वस्तुवादी रहेको तथ्यलाई नै अझ राम्रोसँग पृष्टि गर।ेको छ ।

पुरानो सत्तामा सहभागी रहेका संसदवादी राजनैतिक दलहरूका विरूद्धसमेत सो हत्याकाण्ड लक्षित रहेको वास्तविकतालाई गम्भीरतापूर्वक बोध गरेर नै हाम्रो पार्टीले तत्कालै सामन्ती निरङ्कुशतन्त्रका विरूद्ध सहकार्य र मोर्चाका लागि संसदवादी दलहरू र नागरिक समाजसँग अपिल र पहल गरेको थियो। तर, प्रमुख संसदवादी दलका नेताहरुको वर्गचरित्र, अदूरदर्शिता र क्षणिक सत्तास्वार्थका कारण त्यो अपिल र पहलले तत्काल कुनै मूर्त रूप लिन सकेन। आज करीब चार वर्षपछि मुख्यतः गत माघ १९ गतेको शाही ‘कु’ पछि परिस्थितिको जवर्जस्त दबाबसँगै त्यस प्रकारको सहकार्य अगाडि बढ्ने भौतिक वातावरण र सम्भावना निकै बढेर गएको छ र पार्टीले त्यो दिशामा सक्दो पहल गरिरहेको छ ।

ग) राजनैतिक र फौजी हस्तक्षेपको समुचित तालमेल तथा दुश्मनका विभिन्न गुटहरूका बीचको अन्तरविरोधलाई सही ढङ्गले उपयोग गर्नु हाम्रो पार्टी कार्यनीतिको अभिन्न अङ्ग रहँदै आएको छ । जनयुद्धका पाँचवर्षका अनुभव तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्ग शक्ति सन्तुलनको वस्तुवादी लेखाजोखा गर्दै पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले आफ्नो र राजनैतिक कार्यनीतिका रूपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनलाई निश्चित ग¥यो । जनसमुदायमा परेको यसको सकारातमक प्रभाव उत्कर्षमा पुग्न नपाउँदे नारायणहिटी हत्याकाण्डको मञ्चन भयो र देशको राजनैतिक परिस्थितीमा ठुलो हेरफेर आयो।

पार्टी केन्द्रले नयाँँ स्थितीमा आफ्नो राजनीतिक कार्य्नितिलाई बिकास गर्दै अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र गणतन्त्रकोे संस्थगत विकासको आवश्यकतामा जोड दियो । ठीक त्यही सन्दर्भमा संविधानसभा र गणतन्त्रका पक्षमा एकजुट भएर आन्दोलन अगाडि बढाउन जोड दिँदै पार्टीले विभिन्न संसदवादी दलहरूसँग केन्द्रीय स्तरमा छmफल अगाडि बढाएको थियो । स्मरणयोग्य छ कि त्यति बेला अघि सारिउको गणतन्त्रको नारा न नयाँ जनवादी गणतन्त्रको नारा थियो न बुर्जुबा संसदीय गणतन्त्रको नारा नै थियो । वस्तुतः र सारतः यो नारा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई सम्बोधन गर्ने गरी संविधानसभामार्फत राज्य संरचनामा व्यापक परिवर्तन गर्ने बहुदलीय गणतन्त्रको नारा नै थियो । पार्टीले संपिधानसभामार्फत राज्य संरचनामा कस्तो परिवर्तन खोजेको हो भन्ने कुराको सार संक्षेप पुरानो सत्तासँग भएको दोस्रो वार्ताकालमा पार्टीका तर्फबाट वार्ता टोलीले प्रस्तुत गरेको प्रस्तवमा स्पस्ट गरिएको छ ।

घ) अहिले पार्टीले सुत्रबद्ध गरेको अन्तरिम सरकार संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको नारा अन्तर्राष्ट्रिय र घरेलु शक्ति सन्तुलनलाई विचार गरी अघि सारिएको अग्रगामी राजनैतिक निकासको कार्यनैतिक नारा हो । देशमा विद्यमान वर्गीय जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई समाधान गर्ने ढङ्गले राज्यसत्तामा व्यापक पुनः संरचनासहितको यो गणतन्त्रले सङ्क्रमणकालीन बुहदलीय गणतन्त्रको भूमिका खेल्नेछ । निश्चय नै त्यस प्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारवर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ । सङक्रमणकालको त्यो अवधि कति लामो वा छोटो हुनेछ भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिने कुरा होइन । स्पष्ट छ की त्यो कुरा त्यतीवेलाकै अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थीती र शक्ति सन्तुलनको स्थीतीमा भर पर्ने छ । अहिले नै भने संसदवादी र क्रान्तिकारी दुवैको साझा दुश्मनका रूपमा पुरानो सत्तामा निरङ्कुश राजतन्त्र हावी भएकाले त्यसका विरूद्ध सबै शक्तिलाई गोलबन्द गरी संयुक्त प्रहार गर्न यो नाराले महत्पवुर्ण भूमिका खेलेको छ र खेल्ले छ । संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नारालाई लागू हुनै नसक्ने विशुद्ध राजनैतिक चालका रूपमा बुझ्नु वा यसलाई लागू भै छाड्ने वा हर हालतमा वदल्न नसकीने रणनैतिक नाराका रुपमा वुझ्नुु दुवै गलत हुन्छ ।

अहिलेको ठोस स्थितिमा सामन्ती निरङ्कुश राजतन्त्रका विशुद्ध सबै गणतान्त्रिक शक्तिहरूलाई एकजुट गरेर सङ्घर्षको बलमा अन्तरिम सरकारको गठन गर्ने, संविधानसभाको निर्वाचन गर्ने तथा राज्यसत्तामा व्यापक पुनः संरचनासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा पार्टीमा पूरै दृढता, प्रक्रियता र जिम्मेवारीका साथ अगाडि बढेर मात्र आन्दोलनमा आफ्नो नेतृत्व कायम गर्न सक्दछ । पुरानो सत्तामा हावी हुन पुगेको राजतन्त्रको अन्तपछि गृहयुद्धको शान्तिपूर्ण समाधानका लागि यो नाराले अग्रगामी राजनैतिक निकासको भूमिका खेल्न सक्दछ । गृहयुद्धको शान्तिपूर्ण समाधानको ढोका खोल्न सक्ने भएकाले याने नाराले जनसमुदायको परिवर्तन र शान्तिको आकाङक्षतालाई ठीक डङ्गले सम्बोधन गर्दछ र प्रकारान्तरले आम विद्रोहको तयारीमा समेत सकारातमक भूमिका खेल्न सक्दछ । अतः पार्टीले आज एक ढिक्का भएर यो प्रक्रियालाई तार्किक निष्कर्षसक्क पु¥याउन सक्रिय पहल लिनुपर्दछ ।

ङ) केन्द्रका तर्फबाट हालै गरिएको तीन महिने युद्धविरामको एक पक्षीय घोषणाको लोकतान्त्रिक राजनैतिक निकास र जनसमुदायको शान्तिको आकाङक्षाप्रति पार्टीको प्रतिबद्धता जिम्मेवारीबोध र संवेदशनशीलतालाई धेरै उचाइबाट स्थापित गरेको छ । देशमा अग्रगामी राजनैतिक निकाससहितको शान्तिको चाहाना राख्ने देशभित्र र बाहिरका राजनैतिक शक्रि, नागरीक समाज, बौद्धिक समुदाय एवम् सबै तह र तप्काका जनसमुदाबाट भएको हार्दिक स्वागत र सकारातमक प्रतिक्रियाले पार्टीलाई अझ जिम्मेवारीपूर्ण ढङगले अगाडि बढ्न प्रेरित गरेको छ । सर्वाधिक महत्वपूर्ण कुरा युद्धविरामको घोषणाले ज्ञानेन्द्र शाहीको शान्तिको मुकुण्डोलाई च्यातेर त्यसभित्र रहेको युद्ध पिपासु अपराधिक र निरङकुश अनुहारलाई आम जनताका साथै विश्व जनसमुदायका अगाडि उदाङ्गो र नाङ्गेझार पारिदिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो त्यो अपराधिक अनुहार देखाउन नसक्ने अवस्थामा पुगेको ज्ञानेन्द्र शाही अहिले कठोर सुरक्षा घेरामा ठाउँ कुठाउँ पैदल हिडेर नौटङ्की प्रदर्शन गरी आस–पासका जनतालाई मनोरञ्जन गराउने र आफ्ना भाट कारिन्दाहरूलाई “देशमा विदेशीको पैसाले केही नचाहिँदो कुरा गरिएको छ” भन्ने जस्ता बहुलठ्ठीपुर्ण कुरा गर्दै हिँडेको छ ।

देशमा तमाम प्रबद्ध वर्ग र आम जनसमुदायबाट तथा संयुक्त राष्ट्रसङघदेखि विश्व समुदासम्मले शान्ति र राजनैतिक निकासको पक्षमा काम गर्न आग्रह गरिदासम्म पनि ज्ञानेन्द्र शाही र उसको निरङ्कसश सामन्ती गिरोह हाम्रो ‘युद्धविरामलाई विश्वास गर्न नसकीने ’ भन्ने जस्तो कायरतापुर्ण पाखण्डी प्रचार गर्दै, शाही सेनालाई देश भरी यहि वेला माओवादी कार्यक्रता र जनताको हत्या गर्ने, गिरफ्तार गर्ने र यातना दिने काममा सक्रीय हुन निर्देशीत गरेको छ । त्यसको उद्देश्य हामीलाई तुरुन्तै युद्ध विराम भंग गराएर यो सवै षड्यन्त्र थियो भन्ने हल्ला गरी आफ्नो निरंकुश र रक्तपिपासु अनुहारमा पर्दा हाल्ने मूर्खतापूर्ण दुस्साहस लुकेको छ भन्ने कुरा पनि अब आम नेपाली जनता र विश्वका अगाडि उदाङ्गो भइसकेको छ । हाम्रो पार्टी भने दुस्मनको उत्यजनामा नआइकन अग्रगामी राजनैतिक निकास र शान्तिको जनचाहानाप्रति आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको छ ।
अहिले राष्ट्रघाती र जनघाती ज्ञानेन्द्र शाहीको सामन्ती गिरोह विदेशी हस्तक्षेप र राष्ट्रवादको मुकुण्डोभित्र लुकेर नेपालको बहुदलीय असली राष्ट्रवाद र लोकतान्त्रिक आन्दोलनका विरूद्ध भयानक नरसंहार मच्चाउने दिशातिर अगाडि बढिरहेको छ । परिस्थिति यति सङ्गीन बन्दैछ कि निकट भविष्यमा राजधानी र सहर बजारमा ठूलो आँधिबेहरीको खतरा दृष्टिगोचर भइसकेको छ । इतिहासले ठूलो करवट लिने समयको घण्टी बजिरहेको छ ।

यो स्थितिमा सर्वहारावर्गको हाम्रो पार्टीले दृढता र लचकताको परकाष्ठासम्म पुगेर आफ्ना कार्यनीतिहरू निश्चित गरी इतिहासमा आफ्नो भुमिका पूरा गर्न सक्नु पर्दछ । यदि साँचो अर्थमा सर्वहारावर्गले यो आँधीबेहरीमा छिन छिनमा बदलिने परिस्थितिमा जस्तोसुकै जोखिमपूर्ण निर्णय लिन सक्ने हेडक्वार्टर र हेडक्वार्टरको जुनसुकै निर्णयलाई बिनाशर्त र दृढतापूर्वक कार्यान्वयन गर्ने पार्टीपंक्ति र फौज तयार गर्न सकिएन भने सन्किट आँधीबेहरीले सव कुरा चौपट गरिदिन पनि सक्छ । कुनै पनि प्रकारको जडता र आग्रहलाई त्यो आँधीवेहरीले वास्ता गर्नेछैन । वस्तुगत घटनाक्रमको तीव्रतम विकाससँग आफ्ना चालहरूलाई तुरून्तातुरून्तै बदलेर घटनाक्रममाथि आफ्नो नियन्त्रण कायम गर्न सकिएन भने इतिहासमा पार्टीले आफ्नो औचित्य गुमाउने खतरा उत्पन् हुन्छ । यति बेला देशका सबै राजनैतिक शक्ति इतिहासको ठूलो अग्नि परीक्षामा आफ्नो औचित्य गुमाउने खतराउत्पन् हुन्छ । यति बेला देहका सबै राजनैतिक शक्ति इतिहासको ठूलो अग्नि परीक्षामा प्रवेश चामलहरूलाई तुरून्तातुरून्तै बदलेर घटनाक्रममाथि आफ्नो नियन्त्रण कायम गर्न सकिएन भने इतिहासमा पार्टीले आफ्नो औचित्य गुमाउने खतरा उत्पन्न हुन्छ । यति बेला देशका सबै राजनैतिक शक्ति इतिहासको ठूलो अग्नि परीक्षामा प्रवेश गर्दैछन् । त्यो अग्नि परीक्षामाको खरानी बन्ने हो र को सकुशल पास हुने हो भन्े कुराको फैसला निकै निर्मल ढङ्गले हुनेछ । अतः यो सङ्गीन घडीमा पार्टीले आपूmलाई पूरै तम्तयार राख्न एक अर्कामा दरो हातेमालो आवश्यक छ ।

च)  साम्राज्यवाद र सर्वहारा क्रान्तिको एक प्रमुख विशेषता सामन्तवाद र साम्राज्यवादका बीचको अपवित्र गठबन्धन हो भन्ने ऐतिहासिक सच्चाइलाई पार्टीले कदापि ओझेलमा पर्न दिन हुन्न र दिने पनि छैन । नारायणहिटी हत्याकाण्डदेखि नै अमेरिकी साम्राज्यवाददेखि भारतीय विस्तारवादसम्मका शासकवर्गले सामन्ती दरवारप्रति वफादार शाही सेनालाई जनताको लोकतान्त्रिक आन्दोलन दबाउन दिएको आर्थिक, राजनैतिक र सामरिक सहयोगले त्यो ऐतिहासिक सच्चाइलाई नेपाली सन्दर्भमा समेत सशक्त ढङ्गले पुष्टि गरेको छ । माघ १९ पछि समेत विशुद्ध शाही सैनिक आतङ्कको भरमा टिकेको निरङ्कुश सामन्ती राजतन्त्रसँग सम्झौताका लागि अमेरिकी साम्राज्यवादले राजनैतिक दलहरूलाई दिइरहेको दबाबले त्यो साँठगाँठको गहिराइलाई नै स्पष्ट गर्दछ ।

आज संविधानसभाको निर्वाचनका पक्षमा आम जनमत तयार भैसक्दा समेत ७ राजनैतिक दलले पुनः स्थापनाको सम्झौतावादी नारा परित्याग गर्न नसक्नुका पछाडि विदेशी शक्ति केन्द्रहरूको दबाबले काम गरिरहेको कुरा स्पष्ट छ । नेपालले वर्तमान स्थितिमा संसद पुनःस्थापनाको नाराले राजासँग सम्झौत गर्ने चोर दुलोको मत्र होइन, अन्तिम अवस्थामा आफुलाई वचाउने राजाको हतियारको काम मात्र गर्न सक्दछ । यस प्रकारको स्थीती वनाई राख्नुका पछाडी सधै संविधान सभा र लोकतान्त्रिक गणतन्त्रमा जाँदा माओवादी क्रान्तिकारीहरूको हातमा नेतृत्व जाने भय साम्राज्यवादी शक्ति र धेरै हदसम्म प्रमुख संसदवादी दलका नेताहरूमा पनि रहेको देखिन्छ । यहाँ उनीहरूले हाम्रो पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेना र हतियारलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्ने गरेका छन् । सामन्तवाद र साम्राज्यवादका नाइकेहरुले जनयुद्ध परित्याग गरी शान्तिपुर्ण राजनीतिमा नआएसम्म अर्काे भाषामा हामीले आत्मासमर्पण नगरेसम्म हाम्रो पार्टीलाई जनयुद्ध परित्याग गरी शान्तिपूर्ण राजनीतिमा नआएसम्म हाम्रो पार्टीलाई विश्वास गर्न नसकिने कुरा गर्नुका पछाडिको रहस्य सजिलै बुभ्mन सकिन्छ । तर पूर्ण प्रजातन्त्र वा गणतन्त्रसम्मको कुरा गर्ने प्रमुख संसदवादी दलका नेताहरूले पनि त्यस्तै कुरा गर्नुलाई विडम्बना मात्र भन्न सकिन्छ ।

सामान्यतः २५० वर्षदेखि र विशेषतः विगत ६ देशकदेखि जनताको लोकतान्त्रिक आन्दोलन र उपलब्धिमाथि फासीवादी बुट बजारेर निरङकुश सामन्ती राजतन्त्रलाई रक्षागर्ने शाही सेनालाई विघटन गर्ने र निशस्त्र पार्ने ऐतिहासिक आवश्यकताप्रति आँखा चिम्लिनुको अर्थ सामन्तवाद र साम्राज्यवादकै परिक्रमा गरिरहनु मात्र हुन्छ । इतिहासमा कुनै पनि गणतन्त्र राजतन्त्र प्रति बफादार सेनालाई विगठन र प्रास्त नगरी कहिँ पनी कायम भएको छैन र नेपाल त्यसको अपवाद हुन सक्दैन । हाम्रो पार्टीले देश, जनता र लोकतन्त्रप्रति गहिरो जिम्मेजारीबोधका साथ संयुक्त राष्ट्रसंघ वा त्यस्तै भरपर्दो अन्तर्राष्ट्रिय पर्यवेक्षणमा संविधानसभाको निर्वाचन (शान्तिपूर्ण ढङगले) भए आउने परिणामअनुसार सेनाको पुनर्सङ्गठन गर्न तयार रहेको घोषणा गरिहेका सन्दर्भमा जनमुक्ति सेना शान्ती र लोकतन्त्रको बाधक होइन, साधक हो भन्ने कुरा स्पष्ट छ । पछिल्लो युद्धविराम सम्म आउँदा जनताको शान्ति र राजनैतिक निकासप्रति पार्टीको संवेदनशीलता झन् स्पष्ट भएको छ ।

यति हुँदाहुँदै पनि निरङकुश राजतन्त्र र संसदवादी दलहरूलाई मिलाउने साम्राज्यवादी कसरत, शाही सेनाकै बलमा सबैलाई मिचेर जाने ज्ञानेन्द्र शाहीको क्रुर सामन्ती हठ तथा प्रमुख संसदवादी दलहरूको अस्पष्ट राजनैतिक इच्छशक्तिविहीन र सम्झौता वादी रवैयाका पृष्ठभुमीमा हुलमुलमै र सजिलै राजतन्त्रको अन्त भएर संविधानसभामार्फत गणतन्त्र आइहाल्छ भन्ने मनोगतवादी भ्रममा पार्टी कदापि फसनु हुँदैन र फस्ने छैन । जनयुद्धलाई अर्काे उचाइमा उठाएर शाही सेनाको ढाड नभाँचेसम्म पार्टीले आफ्नै विचार नीति, योजना, कार्यक्रम र कमाण्डलाई विकास गरेर सुदृढ एकता हासिल नगरेसम्म र जनदिशाका आधारमा जनसत्ता र जनसम्बन्धलाई सुदृढ नगरेसमम अरुको आसमा परिवर्तनको अपेक्षा गलत हुन्छ । पार्टी आफ्नो तर्फवाट राजनैतिक निकासका लागी मिलाउने सकिने जती सवै शक्तिलाई मिलाउने कार्यनितिमा पछि पर्ने छैन तर त्यसो गर्दा आफ्नो स्वतन्त्र क्रान्तिकारी पहललाई अझ दृढतापूर्वक अगाडि बढाउनु पर्ने आफ्नो कर्तव्यबाट भने कहिल्यै विचलित हुनै छैन । जनयुद्धको विकास नै आज अग्रागामी राजनैतिक निकासको सम्भावनालाई प्रबल तुल्याएको यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्दै सिङ्गो पार्टी, जनमुक्ति सेना र जनसत्ताहरू आफैलाई सुदृढ गर्दै जनयुद्धलाई अर्काे उचाइमा उठाउन केन्द्रित हुने छन् ।

३)  पार्टी शुद्धीकरण र जनसम्बन्ध सुदृढ गर्नेबारे
आज हाम्रो पार्टी र पार्टीको नेतृत्वमा चलिरहेको महान् जनयुद्ध संसारभरिका साम्राज्यवादी र प्रतिक्रियावादीका लागि एउटा ठूलो चुनौती बन्न गएको छ । यसरी नै हाम्रो आन्दोलन संसारभरिका सर्वहारा, श्रमजीवि र मुक्तिकामी जनसमुदायका लागि एउटा ठूलो प्रेरणास्रोत बन्न पुगेको छ । यो स्थितिको स्वाभिाविक परिणम हाम्रो पार्टी र जनयुद्धलाई आफ्नो क्रान्तिकारी उद्देश्यबाट विचलित गराउन र यसलाई सखाप पार्न गुणात्मक रूपले बढाएर लगेका छन् । विश्वका क्रान्तिकारी जनसमुदायको हाम्रो आन्दोलनप्रति सहानुभूति बढ्दै गएको भए तापति त्यो सुाम्राज्यवादी र प्रतिक्रियावादी तोडफोड र हस्तक्षेपका विरूद्ध आन्दोलनका रूपमा विकसित भइसकेको छैन । यसरी हाम्रो पार्टी र आन्दोलनको स्थिति निकै पचिलो, चुनौतीपूर्ण र महान् सम्भावनायुत्त, मोडमा आइपुगेको कुरा स्पष्ट देख्न सकिन्छ ।

चुनौती र सम्भावनाका कैयौं बाह्य पक्ष भए तापनि अन्ततः पार्टी र आन्दोलनको विकास वा पतनको प्रधान कारण आन्तरिक नै हुने गर्दछ । वैचारिक र राजनैतिक कार्यदिशाको विज्ञान संगत विकासको निरन्तर प्रक्रिया, त्यस अनुसारको सुदृढ, गतिशिल, जुझारु र एकीकृत सङ्गठन तथा दुश्मनको कुनै पनि अस्त्रले टुटाउन नसक्ने सुदृढ जनसम्बन्ध नै पार्टी र आनदोलनको विकास र विजयका आधार हुन् । तमाम प्रतिकूलता र चुनौतीका बाबजुद त्यही स्पीरिट र आदर्श बोकेर नै हाम्रो पार्टीले महान् जनयुद्धको पहल गरेको हो र त्यही स्पीरिट र आदर्शप्रति हजारौं क्रान्तिकारी वीरव्रिा߰नाहरूको लिदानले पार्टी र आन्दोलनलाई आजको उचाइसम्म ल्याएको हो ।

तर, आव पार्टीमा त्यो सर्वहारावादी स्पीरिट र आदर्शबाट विचलनका गम्भीर सङ्केतहरू देखापरिरहेका छन् । विचारको क्षेत्रमा मा.ले.मा. र प्रचण्डपथ देखाउने र चपाउने दाँत आ–आफ्नै निम्न पूँजीवादी व्यक्तिवाद बन्दै जानु सङ्गठनको क्षेत्रमा अराजकता, क्षेत्रीयता, संकिर्णता, गुटवाद, पदलोलुप्ता नोकरशाहीपनका विकाश हुदै जानु तथा जनसम्वन्धको क्षेत्रमा अत्यन्त औपचारिक यान्त्रिक र सेवाभावभन्दा शक्तिको प्रयोग बढ्दै जानुको परिणाम आज जनसमुदायले हामीबाटै शोषित –पिडित भएको महसुस गर्ने स्थिति बन्द्रै गएको छ र ठाउँ–ठाउँमा त्यो विष्फोट पनि भएको छ अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका चुनौतीको सामना गर्न यति बेला पार्टीमा सर्वाधिक सर्वहारावादी लगन, निष्टा र एकताको खाचो छ तर यतिबेलै हाम्रो पार्टी निम्न पुँजीवादी स–साना धेरै गुटमा विभक्त हुँदै गएको छ ।

विचार केन्द्रीत सामुहीक र सर्वहारा स्वेच्छिक अनुशासनको स्थान क्रमशः सङ्कीर्ण गुटीय अनुशासनले लिन खोज्दैछ । तयसप्रकारका सङकीर्ण गुटका पार्टीभित्र एक–अर्कामा खुल्ला र हार्दिक छलफल बहस आलोचना–आत्मालोचनाद्वारा एक–अर्कालाइ अगाडी वढ्न सहयोग गर्नुको सट्टा– एक अर्कालाई घोच्ने–पेच्ने भित्रभित्रै नङ्गयाउने अत्यन्त हानिकारक निम्न पूजीवादी चिनतन र कार्यशैली बढ्दै छन् । शुद्धीकरण र क्रान्तिकारी रूपान्तरणका पार्टी केन्द्रीय कार्यालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिका प्रस्तावमै सीमित रहने र व्यवहारमा तथा कार्यशैलीमा पार्टीको जबर्जस्व निम्न पूँजीवादी रूपान्तर भइरहेको छ । पार्टीमा पदलोलुप्ता र महत्वाकांक्षा यति धेरै वढेको छ की त्यसका लागी घुर्की, धम्की, चाकडी, चाप्लुसि र वार्गेनिको सँस्कृति संस्थागत बन्न थालेको छ ।

एउटा निश्चित जिम्मेवारीमा बसेर निष्ठापूर्वक पार्टी र जनताको काम गर्ने धैर्यता हराउँदै गएर सबैको चिन्ता, चासो एकपछि अर्काे माथिल्लो पद हासिल गर्ने हतारोमा व्यक्त हुन खोजिरहेको छ । कुनै राम्रो राजनैतिक र फौजी काम मेरै नेतृत्वमा मात्र सफल होओस्, त्यो सफलता र असफलताले मलाई माथि लगोस्, अरूलाई तल–तल झारोस् भन्ने चिन्तन विस्तारै आम बन्ने खतरा बढिरहेको छ । आत्मकेन्द्रित व्यक्तिवाद यति धेरै बढ्दै छ कि आपूmबाहेक अरू कसैलाई देख्दै नदेख्ने स्थिति बन्दैछ । आर्थिक अराजकता, फिजुलखर्ची, भ्रष्टाचार, सुविधाभोगी चिन्तन झांगिदै गएको छ र त्यसका लागि पनि पदप्राप्तिका तछाडमछड हुन खोज्दैछ । जहाँ, जसले, जसलाई जति मन लाग्छ त्यति चन्दा उठाउने र जनतालाई आहत तुल्याउने प्रवृत्ति तलसम्म फैलिएर गएको छ । जनताको पसिना र क्रान्तिकारीको रगतसँग साटिएको पैसाको मूल्य जतिजति माथि गयो, त्यतित्यति घट्दै जाने स्थिति कम विडम्बनायुक्त छैन ।

जनतालाई विचार र राजनीति दिएर उनको चेतना उठाउने, सेवाभावद्वारा हृदय जितेर रूपान्तरण गर्न मेहनत गर्नुको सट्टा डन्डा र धम्कीको बलमा आपूmले चाहेअनुसार गर्न लगाउने प्रवृत्ति बढ्दैछ । वर्ग र राजनैतिक विश्लेषण गरेर न्युनतम प्रक्रिया पूरा गरी कसैमाथि आवश्यक कारबाही गनुको सट्टा कैयौं अवस्थामा अत्यन्त लापर्वाहीपूर्वक वा अत्यन्त कमजोर कारणले मान्छेको ज्यानै लिइ हाल्ने घटनाहरूमा बृद्धि हुँदैछ । जनताको परम्परागत रीतिरिवाज, संस्कृति र उत्पादन पद्धतिमा राम्रा, नराम्रा पक्ष छुट्याइ नराम्रो पक्षलाई धैर्यतापुर्ण प्रशिक्षणबाट जनताको चेतना उठायर हटाउने र राम्रो पक्षको संरक्षण र प्रोत्साहित गर्नुको सट्टा कठोर नियम बनाएर बलपूर्वक त्यसलाई लागु गर्न खोज्दा ठाउँठाउँमा जनता हामीबाटै आतङ्कित र निरिह बन्ने खतरा देखिएको छ । पूर्णकालीन र पार्टी कार्यकर्तालाई आफ्नै वर्गको मान्छे नभएर पराई जस्तै ठान्ने स्थितिको विकास हुँदैछ ।

जनसत्ताहरू औपचारिक, यान्त्रिक र काचलाउ प्रकृतिका मात्र हुन जाँदा जनसम्बन्ध स्वतः फितलो हुँदैछ । सत्तामा बसेर जनताको प्रभावकारी सेवा र परिचालन गर्नतिर भन्दा पार्टीलाई नै सत्ता ठानेर त्यसकै पदप्राप्तिमा केन्द्रित हुने प्रब्रिति देशभरी बढिरहेको छ । यसको ज्वलन्त नकारातमक परिणाम हाम्रो सुदृढ आधार इलाकामा समेत हामीले नै आयोजना र निर्वाचनमा पार्टीका उम्मेदवारहरूको लज्जास्पद पराजयले दिएको छ । जनताले क्रमशः हिजो र आजका माओवादीमा भिन्नता महसुस गर्दैछन् ।

उपरोक्त संक्षिप्त विवरणले मात्र पनि पार्टी र आन्दोलनमा विकास हुँदै गरेका समस्याहरूको गम्भीरतालाई स्पष्ट गर्दछन् । आखिर २१ औ शताब्दीको एउटा महान् सर्वहारावादी क्रान्तिकारी पार्टी र उसले नेतृत्व गरिरहेको महान जनयुद्धमा यसप्रकारका समस्याहरूको विकास किन भइरहेको छ ?यसको समाधानको उपाय र विधि के हुन सक्छ र त्यो कसरी सुरू गर्ने प्रश्न गम्भीर छ । केन्द्रीय सत्ता कब्जा गरिसकेपछि चिनीयाँ कम्युनिष्ट पार्टीभित्र देखिएका तीन खराबी र पाँच खराबीभन्दा चर्का खराबी केन्द्रीय सत्ता कब्जा नगर्दै हाम्रो पार्टीमा किन देखा परिरहेका छन् ?यी प्रश्नहरूको सही जवाफ र सही समाधान दिन नसके पार्टी र आन्दोलनलाई अमेरिकी साम्राज्यवाद र ज्ञानेन्द्र शाहीको फौजी आतङकले भन्दा हामी आफ्नै कमजोरीका कारणले क्रमशः विसर्जित गराउने कुरा निश्चित छ ।

महान् लेनिनले पार्टी निर्माणका क्रममा भन्नु भएको थियो ‘सर्वहारावर्गको क्रान्तिकारी पार्टी अन्य बुर्जुबा र पेटी बुर्जुवा पार्टीहरू भन्दा यस अर्थमा फरक हुन्छ कि यो आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापुर्वक अगाडि राख्न डराउँदैन । आफ्ना कमजोरीप्रति निर्मम हुन आँट नगर्ने पार्टी वैज्ञानिक सर्वहारा पार्टी हुनै सक्तैन । यसप्रकारका कमजोरीहरूको खुलस्त स्वीकारोक्ती र त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने साहसमा नै सर्वहारावर्गको पार्टीको पहिचान अन्र्तर्निहित रहेको हुन्छ । यसप्रकारको स्वीकारोक्तीबाट दुश्मन र अवसरवादीहरूले फाइदा उठाउन लाख कोसिस गरे पनि यही मात्र एउटा तरिका हो, जसले सर्वहारावर्गको पार्टीलाई झन्पछि झन् स्टील र अपराजय बनाइरहेको हुन्छ । विज्ञानको नियम नै यस्तो छ कि त्यसरी मात्र विकासको गतिसँग एकरूपता कायम हुन सक्छ र समस्याको वास्तविक पहिचानले समाधानको सुरूवातलाई प्रतिनिधित्व गर्दछ ।

माथि उल्लेखित समस्याबारे चर्चा गर्दा, देखापर्ने तीन गलत दृष्टिकोण पार्टीको ध्यान जान जरूरी छ । एउटा दृष्टिकोण, पार्टीमा यति धेरै समस्या थुप्रिसके पछि अब यसको रूपान्तरण सम्भव छैन, सब खतम भइसक्यो भन्दै सबैतिर अन्धकार देख्ने निराशा (पलायन)को बाटो पकड्ने निम्न पूँजीवाद िदक्षिणपन्थी विसर्जनवाद । यसप्रकारको प्रवृत्ति दृष्टिकोणको सिकार हुने व्यक्तिहरू पार्टी, आन्दोलन र नेतृत्वलाई धारे हात लगाउँदै आपूmले आफैलाई सबैभन्दा सही भएको आदर्शवादी आत्मरति गर्दै समस्यासँग जुभ्mने होइन, भाग्ने बाटो अवलम्बन गर्दछन् । दोस्रो दृष्टिकोण समस्यालाई ठीक ढङ्गले स्वीकार गर्न नै तयार नहुने सबैतिर ठीकठाक चलिरहेको र पार्टीले जित्दै गएको मात्र देख्ने वा देखेको आत्मरति गर्दै हिड्ने निम्न पूँजीवादकै सङ्कीर्ण वामपन्थी अतिवाद । यसप्रकारको दृष्टिकोणको सिकार हुनेहरू दायाँ, बायाँ त्यति नहेरिकन सिघै अगाडि मात्र बढिरहन उद्धत हुन्छन् ।

यो प्रवृत्तिको अगाडि अन्ततः पहरोमा टाउको ठोकाउने स्थिति उत्पन्न हुनछ । तेस्रो दृष्टिकोण, दृष्टिकोण र्नै बनाउन नसक्ने दृष्टिकोण अर्थात् अकर्मण्यतावादी दृष्टिकोण हो र यसप्रकारको दृष्टिकोणको सिकार हुने व्यक्तिहरू के ठीक हो, के बेठीक हो र के गर्ने हो र के नगर्ने हो भन्ने टुङ्गोमा पुग्न नै सक्तैनन् । यस्ता मानिसहरू जसको कुरा सुन्यो उसैको ठीक मान्ने वा कसैका कुरा पनि ठीक नमान्ने र के ठीक हो भन्ने पनि थाहा नहुने अज्ञेयवादीको स्थितिमा रहन्छन् । उपरोक्त तीन गलत दृष्टिकोण मध्ये अहिले पार्टी र आन्दोलनका लागि प्रमुख समस्या भने पहिलो गलत दृष्टिकोण नै हो ।
यहाँ यो कुरा स्वतः स्पष्ट छ कि समस्याको सही पहिचान गर्नु र त्यसको समाधानका लागि धैर्यता र दृढतापूर्वक सङ्घर्ष गर्नु नै सर्वहारावादी क्रान्तिकारी दृष्टिकोण हो । दृष्टिकोणको यो स्पष्टतासँगै अब पार्टीको ध्यान समस्याको कारण र समाधानको खोजीमा केन्द्रीत हुन जरुरी छ।

क) वर्गस्रोतबारे –अर्ध–सामन्ती र अर्ध –औपनिवेशिक नेपालको उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासको स्तर अत्यन्त न्यून रहेको छ । निर्वाहमुखी टुक्रे कृषि उत्पादन नेपालको समग्र ग्रामीण इलाकाको मुख्य आर्थिक आधार हो । ग्रामीण क्षेत्रको सक्रीय युवा जनशक्तिको ठूलो हिस्सा रोजीरोटीका लागि विदेशी सेनामा भर्ती हुने, भारतका विभिन्न भागमा दरवान, कुल्ली, कोठीका नोकर बन्ने तथा वेश्यालयमा पु¥याइने प्रक्रिया अङ्ग्रेज–भारतसँगको सुगौली सन्धिको वरिपरिबाट संस्कारकै रूपममा विकास हुँदै आएको छ । यो टुक्रे उत्पादन प्रणाली स्वयम् र विदेशीबाट आउने २÷४ पैसाले नेपालको पुरै ग्रामीण इलाकाका जनसमुदायको चेतनालाई विस्तारै–विस्तारै अत्यन्त निम्न–पँुजीवादी र आत्मकेन्द्रित बनाउँदै लानु स्वाभाविक थियो । २००७ साल वरिपरिबाट राजनैतिक आन्दोलनको बढ्दो प्रभाव र शिक्षा–दिक्षाको क्रमिक विकासले ग्रामीण क्षेत्रमा पनि निम्न–पुँजीपतिवर्गको एउटा ठूलो तप्कामा राजनैतिक ज्ञानको विकास हुँदै आयो । स्वाभाविक रूपमा यो वर्ग आपूm काठमाडौं केन्द्रित राज्यद्वारा तथा गाउँ–घरकै शोषक, सामन्त र जालीफटाहाको उत्पीडित र शोषणमा परेको कुराको बोध तथा आफ्नो हक–अधिकारप्रति सचेत र शिक्षित हिस्साले नै हाम्रो पार्टीको माथिदेखि तलसम्मको नेतृत्वपति भरिएको छ ।
महान् लेनिनले भनेझैं निम्न पूजीपतिवर्गको सिङ्गो हिस्सा आपूmमाथि भइरहेको अत्याचारका कारण विद्रोहको एक सीमासम्म त सजिलै पुग्दछ । तर, त्यो सीमाभन्दा उता आवश्यक पर्ने सामुहिकता, लगन, धैर्यता र त्यागको प्रदर्शन गर्न सक्तैन । ज्ञान र तर्कका दृष्टिले अगाडि आए पनि चेतना र संस्कारका दृष्टिले उसलाई टुक्रे उत्पादन पद्धतिको जगमा निर्मित आत्मकेन्द्रित व्यक्तिवादी सङ्कीर्णताबाट मुक्त हुन कठिन पर्दछ । पुरानो सत्ताका विरूद्ध विद्रोहको त्यही सीमासम्म त हाम्रो पार्टी र जनयुद्ध अपेक्षाकृत सहजै आइपुग्यो तर अब नयाँ सत्ताको निर्माण गर्न चुनौती भने निम्न पूँजीवपतिवर्गको क्षमताभन्दा बाहिरको कुरा हो । पुरानो सत्ताले हिजो आपूmमाथि गरेको अन्याय र थिचोमिचोको बदला अहिले पनि त्यसरी नै शासन गरेर वा लाभ हासिल गरेर वा आफ्नो कडा उचो बनाएर लिन खोज्ने निम्न पूंजीपतिवर्गको चरित्रगत आपूmले पनि विशेषता हो । वस्तुगत वर्गीय र वैचारिक दृष्टिकोणले आज हाम्रो पार्टीमा देखा परिरहेको समस्याको चुरो कारण यसैमा लुकेको छ । नयाँ सत्ताको निर्माणको नेतृत्व निम्न–पुँजीवादी चेतनाबाट सर्वहारावादी चेतनामा छलाङ्ग नहानीकन अगाडि बढ्न सक्ने कुरै होइन ।

ख)  वर्ग उत्थानबारे –पुरानो सत्ता भत्काएर नयाँ सत्ता (विकासको जुनसुकै स्तरमा भए पनि) निर्माण पछि स्वाभाविक रूपमा समाजमा भएका सबै खराबीहरूले पार्टी र आन्दोलनमा प्रवेश गर्दछन् । सत्तामा पदप्रतिष्ठा, आर्थिक र भौतिक साधन–स्रोतको प्रचुरता रहेको हुन्छ । त्यो भौतिक परिवेशले सर्वहारा रूपान्तरणतिर अगाडि बढ्दै गरेको मानिसलाई समेत नोकरशाही पूँजीवादीको दिशातिर धकेल्न बल गर्दछ । यस अर्थमा यो समस्या ग्रामीण सत्ता कब्जा गरेको हाम्रो पार्टीको मात्र होइन रूस, चीनमा केन्द्रीय सत्ता कब्जा गरिसकेपछि झन् भयानक रूपमा देखापरेको र अन्ततः प्रतिक्रान्ति नै हुन पुगेको समस्याकै एक हिस्सा हो । यहाँ लेनिनले महान् रूसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको करिब पाँच वर्षपछि सोभियत सत्तामा पैmलिएको विकृति, विसङ्गति र भ्रष्टाचारको धज्जी उडाएको कुरा तथा तमाम खराबीका विरूद्ध सङ्घर्ष गर्दा समेत केही सीप नलागेर माओले सांस्कृतिक क्रान्ति नै छेड्नु परेको तथ्य स्मरणयोग्य छ । कतिपय मानिसहरूले समस्याको वर्गीय र वैचारिक गहिराइलाई विचार नै नगरी दोष जति सजिलै नेतृत्वको थप्लोमा बोकाएर आपूm समस्याबाट भाग्ने वा चोखो बच्ने मिथ्या प्रयास गर्दछन् । त्यसप्रकारको चिन्तनले वर्गस्घर्षको सिद्धान्त र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई पकड्न नसक्ने कुरा निश्चित छ । वास्तमा माथि उल्लेख गरिएका समस्याका गम्भीर सङ्केतहरू सत्ता कब्जासँगै विश्वका महान् नेता, पार्टी र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले भोगेका समस्याहरूकै निरन्तरतामा आइरहेका छन् । हामील भोलि फौजी रूपले काठमाडौं कब्जा गरिसकेपछि पनि यी समस्याहरू घट्ने होइन, झन बढ्ने कुरा निश्चित छ । क्रान्ति र प्रतिक्रान्ति सँगसँगै हिँडिरहेका हुन्छ भन्ने कुरा इतिहाससिद्ध नै छ ।

ग)  आत्मगत कारणबारे –पार्टी केन्द्रबाट आवश्यक मात्रामा वैचारिक, राजनैतिक, सांस्कृतिक शिक्षादिक्षा, प्रशिक्षण, प्रकाशन तथा प्रचार–प्रसारमा कमी तथा आवश्यक नीति, नियम आचारसंहिताको विकास गरी तिनको पव्रभावकारी कार्यान्वयनमा कमी तथा नीति, निर्देशन, नियन्त्रण र अनुगमनमा लागि आवश्यक सङगठनात्मक संरचनाको कमी जस्ता कारणहरूले पनि समस्या समाधानमा पर्याप्त हस्तक्षेप हुन सकेको छैन ।
आखिर समाधानको सर्वहारावादी क्रान्तिकारी विधि के हुन सक्छ ?क्रान्तिभित्र क्रान्ति चलाएर मात्र वैचारिक, राजनैतिक, साङ्गठनिक र सांस्कृतिक क्षेत्रमा महान् बहसको हतियारद्वारा चलाइने क्रान्ति हुनेछ । महान् बहसको माध्यमबाट पार्टीलाई वैचारिक रूपले उच्च संश्लेषण र केन्द्रीकरणमा पु¥याउनु, साङ्गठनिक रूपले चुस्तदुरूस्त र गतिशील तुल्याउनु तथा जनदिशाको विकास गरी जनसम्बन्धलाई सुदृढ गर्नु नै त्यो महान् बहसको उद्देश्यमा आधारित हुनेछ । अध्ययन, तर्क र बहसका बलमा यसलाई चलाइने छ । पार्टी महाधिवेशनको ठोस लक्ष्य किटान गरी कम्तिमा एकवर्षको अवधिसम्म तयो महान् बहस चलाइने छ । विभिन्न स्तरमा भेला, सम्मेलन एवम् राजनैतिक र फौजी क्रियाकलापहरू आगामी महाधिवेशनलाई सर्वहारावर्गको एक महान् कोसेढुङ्गाका रूपमा सफल पार्ने उद्देश्यका साथ अगाडि बढाइने छ । त्यसका लागि केन्द्रीय समितिको यो बैठकले सर्वप्रथम आफुले आफैलाई नयाँ क्रान्तिका लागि रूपान्तरण गर्न त्यागको ऐतिहासिक फैसला गर्न जरूरी छ । निरन्तरतामा क्रमभङ्ग गरी नयाँ र उच्च प्रक्रिया अगाडि बढाउने यो केन्द्रीय समितिको तत्परतामा पार्टी र क्रान्तिको भाग्य र भविष्य धेरै हदसम्म निर्भर रहने छ ।

४)  अन्तरपार्टी सङ्घर्षको संक्षिप्त समीक्षा
रणनैतिक प्रत्याक्रमणको पूर्व सन्ध्यामा पार्टी केन्द्रका जिम्मेवार कमरेडहरूका बीचमा उत्पन्न आशङ्का र अन्तरसङ्घर्ष पहिलो एद्य बैठक हुँदै केन्द्रीय समितिको बैठक र दोस्रो एद्य बैठकसम्म आइपुग्दा उत्कर्षमा पुग्योे त्यसको केही समयपछि पूरै अन्तरसङघर्ष सार्वजनिक भएर छताछुल्लन हुन पुग्यो । औपचारिक अर्थमा नभए पनि वस्तुतः पार्टी फुटको सङ्घारमा पुगेको कुरा स्वाभाविक रूपले सबैतिर महसुस गरियो । भित्र, बाहिर एक अर्काेलाई नङ्गयाउन कसैले कुनै सीमा पालन गर्ने स्थिति नै रहेन । अन्तरसङ्घर्ष पार्टीको नियन्त्रण बाहिर गएको भान सबैतिर हुन गयो ।

पार्टीभित्रको उक्त स्थितिबाट निश्चितरूपमा माघ १९ को ‘कÒ’ बाट अगाडि आएको ज्ञानेनद्र शाहीको सामन्ती गिरोह र अमेरिका साम्राज्यवादका नाइकेहरूमा खुसी र भोजभतेरको लहर चल्न थाल्यो भने पार्टी र क्रान्तिका समर्थक, शुभचिन्तक एवम् आम जनतादेखि देशभित्र र बाहिरका सामन्ती निरङ्कुशता विरोधी राजनैतिक शक्तिदेखि क्रान्तिकारी र ‘वाम’ शक्तिसम्ममा गम्भीर चिन्ता र पीडाको स्थिति देखाप¥यो । फुटाउन बल गर्ने र जुटाउन बल गर्ने कित्तामा दुश्मन र मित्रको स्पष्ट विभाजन देखाप¥यो ।

कारबाही सम्बन्धी एद्य को निर्णयपछि क. लालध्वज र क. राहुल केन्द्रीय कार्यालयअन्तर्गत निरन्तर अन्तरक्रियाको स्थितिमा रहँदारहँदै विकास भइरहेको उपरोक्त स्थितिबारे गम्भीर चिन्ताकासाथ छलफल हुन थाल्यो । क. लालध्वज र क. राहुल भारत जानुको ठीक अगाडि केन्द्रीय कार्यालयसँग भएको अत्यन्त भावपूर्ण र जिम्मेजारपूर्ण ढङ्गले आत्मालोचना–आलोचना गर्दै नराम्रो कुरालाई राम्रो कुरामा बदल्ने प्रतिबद्धता र समझदारी कायम गरियो । त्यही प्रतिबद्धता र समझदारीअनुसार अस्वस्थ र छताछुल्ल रूपमा बाहिर गएको अन्तरसङ्घर्षलाई केन्द्रीय कार्यालयका तर्फबट सेचत रूपमा सहयोग गर्न जनसमुदायलाई अपिल गरियो । केन्द्रीय कार्यालयका तर्फबाट त्यही स्पीरिटमा क.लालध्वजलाई क. अमरसिहसँग मिलेर विभिन्न पक्षसँग वार्ता गर्न केन्द्रीय कामको जिम्मेवारी दिएर पठाउने र त्यो कुरालाई सार्जजनिकसमेत गर्ने काम भयो र त्यसले स्थितिलाई एक हदसम्म नियन्त्रण गर्न थाल्यो ।

यसरी क. लालध्वज र क. राहुल भारत पुगेर सकारात्मक ढङ्गले काम अगाडि बढ्दै थियो, यद्यपि अविश्वास र आशङ्काको विभिन्न कोणहरू छँदै थिए, ठीक तयही बेला दुर्भाग्यपूर्ण टेप प्रकरणलाई शाही सेनाले सार्वजनिक ग¥यो र त्यसले बन्द्र गएको सकारात्मक प्रक्रियालाई करिब–करिब पुनः चकनाचुर नै पारिदियो र सार्वजनिक रूपमै राजापरस्त र भारतपरस्तको अत्यन्त नमिठो र आधारहीन आरोप–प्रत्यारोप र चर्चा र परिचर्चाले ठाउँ पायो । यो स्थितिले पुनः साम्राज्यवादी र ज्ञानेन्द्र शाहीहरुलाई उत्साहित र मित्रहरुलाई निरुत्साहित तुल्यायो ।

त्यति नै बेला निरङ्कुश राजतन्त्रका विरुद्ध ७ राजनैतिक दल र अझ त्यसमा पनि प्रमुख संसदवादी दलहरुसँग सहकार्यका लागि छलफल गर्न केन्द्रीय कार्यालयमा आग्रह आइरहेको थियो । सङ्घर्षको विशिष्ट आवश्यकताले त्यो जिम्मेवारी पनि हरहालतमा पुरा गर्नु थियो ।
त्यो स्थितिमा कैयौं दिन रातको चिन्तन र उपलब्ध जिमेवार कमरेडहरुसँगको छलफसहित केन्द्रीय कार्यालय पार्टीलाई फुटबाट बचाउने तथा निरङ्कुश राजतन्त्र विरोधी शक्तिहरुसँग समझदारी कायम गर्न अधिकतम प्रयत्न गर्ने प्रतिज्ञा गरी जुनसुकै मुल्य चुकाउन परे पनि भारत जाने निर्णयमा पुग्यो । इतिहासको संवेदनशील क्षणमा, इतिहासलाई सकरात्मक दिशामा मोड्न नेतृत्वले साहसिक कदम चाल्न सक्नुपर्दछ भन्ने प्रेरणाले सो निर्णयको पछाडि काम गरेको थियो ।

भारत पुगिसकेपछि विभिन्न संसदवादी दलका नेता, नागरिक समाजका बौद्धिक व्यक्तित्वहरु, भारत र नेपालका कैयौं, बुद्धिजीवी, पत्रकार आदिसँग गम्भीर छलफल अगाडि बढ्यो । यसले बाह्य संघर्षलाई सकरात्मक दिशामा मोड्न निश्चय नै महत्वपूर्ण भूमिका खेल्यो। साथै र मुख्य रुपमा क.लालध्वज र अन्य जिम्मेवार कमरेडहरु फुटको पक्षमा नभएको, दीर्घकालिन प्रकृतिका विचारसँग सम्बन्धित कतिपय पक्षमा जोड र कोणमा फरक भएता पनि आधारभूत अन्तर नरहेको, निरङ्कुश राजतन्त्रका विरुद्धको कार्यनीतिमा समान सोचाइ रहेको तथा विगतमा कैयौं आशङ्काका कारण उत्पन्न कमिकमजोरीहरु प्रति लिखित र मौखिक आत्मालोचना–आलोचना गरेर इतिहासको यो संवेदनशील घडीमा घडीमा पार्टीलाई अझ एकताबद्ध गरेर लान सकिन्छ। कैयौं उतार–चढाव हुँदै त्यो निष्कर्षमा पुगेपछि स्थायी समितीको सबै कमरेडहरु र उपलब्ध एद्यः,ऋऋः समेतको सल्लाहमा केन्द्रिय कार्यलयबाट क.लालध्वज र क.राहुलमाथि गत एद्यबैठकमा वैचारिक,राजनैतिक र सांगठनिक रूपले जुन विचलनमा जाने खतराका उल्लेख गरिएको थियो । लामो वहस पश्चात त्यो स्थिति नरहेको र त्यसको पुष्टि नहुने सकरात्मक तथ्य स्पष्ट भयो र क. अशोकले छानविनमा मसहयोगका लागि केन्द्रबाट दिएको राजीनामा छानविनबाट गोपनियता भंगका सम्बन्धमा उहाँ संलग्नता नदेखिएकाले स्वतः पहिलेकै पोलिटब्यूरोको जिम्मेवारी कायम गरियो ।

यसरी पार्टीलाई फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित गरी क्रान्ति र आन्दोलनलाई समग्र हितमा केन्द्रविन्दुमा राखेर एकतालाई बचाई आन्दोलनलाई अग्रगति दिने काममा सफलता मिलेको छ । यसलाई सुदृढ गरेर उचाइमा उठाउन भने केन्द्रीय समिति र सिङ्गो पार्टीले मेहनत गर्न जरुरी छ । अन्तरसंघर्षका विगत घटनाक्रमको समिक्षा र त्यसका आधारमा समुचित वैचारिक संश्लेषण आगामी महाधिवेशनका दौरानमा गर्नु उपयुक्त हुनेछ । यहाँ कुरा गहिरो गरी बुझ्न जरुरी छ । भने आत्मगत रुमा जसका जतिसकै कमजोरी भए पनि नकरात्मकलाई सकरात्मकमा बदलने त खराब कुरालाई राम्रो कुरामा बदल्ने माक्र्सवादी द्धन्दवादको प्रयोगमा पनि हाम्रो यो अनुभव दुरगामी महत्वको हुने निश्चित छ । मुख्य कुरा नयाँ विचारको विकासद्धारा सिङ्गो पार्टीलाई समृद्ध गर्न यो अनुभवले महत्वपूर्ण भूमिका खेल्नेछ ।

 

५)  प्रत्याक्रमणको पहिलो योजनाको संक्षिप्त समीक्षा

सकारात्मक र नकारात्मक दुवै अनुभवका दृष्टिले प्रत्याक्रमणको पहिलो योजनाको एक वर्ष अत्यन्त महत्वपूर्ण रह्यो । पार्टी केन्द्रमा विकास भएको अन्तरसङ्घर्षको नितान्त असहज परिस्थितिले निश्चित रूपमा योजना कार्यान्वयानमा अनेक व्यवधान खडा भए र त्यसले पार्टीलाई काफी क्षति पु¥यायो । बैठकपछि योजना कार्यान्वयनको पूर्व सन्ध्यामा आपूm कार्यक्षेत्रमा जाँदै गर्दा केन्द्रीय समितिका जिम्मेवार सदस्य क. शेरमान कुँवर (विशाल) तथा क. मोहानचन्द्र गौतम (कुमार) को सिराहामा भएको उच्च सहादतले सिङ्गो पार्टीलाई स्तब्ध तुल्यायो तथापि योजनाद्वारा निर्दिष्ट राजनैतिक र फौजी कामहरू कार्यान्वयन गरिए । प्रत्याक्रमणको यही योजनाको सफल र सशक्त पहलले ज्ञानेन्द्र शाहीको सामन्ती गिरोहलाई निर्वस्त्र आउन बाध्य पारेको तथा अहिले देशलाई नै सामन्तवादका विरूद्ध निर्णायक सङ्घर्षको सङ्घारमा ल्याएको यथा योजनाको वस्तुगतथ उपलब्धिलाई स्पष्ट गर्दछ ।

केन्द्रीय समितिको बैठकपश्चात् पार्टी, सेना, मोर्चा, विभागका विभिन्न स्तरका बैठक, भेला प्रशिक्षणहरू प्रत्याक्रमणसम्बन्धी केन्द्रका निर्णयहरूको बुझाइमा एकरूपता मूल रूपमा हाँसिल गरियो । यसरी बुझाइमा एकरूपता कायम गरी आवश्यक तयारी पूरा गरिएपछि राजनैतिक जनपरिचालन र फौजी कारबाहीको क्रम योजनाअनुसार नै अगाडि बढ्यो । तराईका राजमार्गहरू मुख्य केन्द्र मानेर विकेन्द्रित आक्रमण गर्ने योजनाको पहिलो चरण अपेक्षा गरिएभन्दा सफल, सशक्त, र उपलब्भिमूलक ढङ्गले सम्पन्न भयो ।

यो चरणअन्तर्गत देशभित्रका तीनवटै कमाण्डअन्तर्गतका जनमुक्ति सेनाका डिभिजनहरूले तराई र राजामार्गमा शाही जत्थामाथि एकपछी अर्काे सफल र साहसिक आक्रमणको शृङ्खला दिनको उज्यालोमा नै खडा गरेर चलायमान र मोर्चा युद्धलाई नयाँ उचाइमा उठाउने काम गरे । मध्य कमाण्ड अन्तर्गत राजधानीको छेउ धादिङ्गको कृष्णभीरमा बहुआयामिक महत्व राख्ने ठूलो आक्रमणबाट सुरु भएको यो क्रम पश्चिम कमाण्डअन्र्तगत सिलसिलेवार आक्रमणसँगै कैलालीको पण्डौनमा दुश्मनको कथित रेञ्जर बटालियनसम्मलाई धुलो चटाउने बहुचर्चित आक्रमण, यही सिलसिलामा मध्य कमाण्डअन्र्तगत दुश्मनको सातो उडाउने अर्घाको मथुराडाँडाको साहसिक आक्रमण र यो चरणको पछिल्लो भागमा पूर्वी ममाण्डअन्र्तगत प्रायः सबै राजमार्गहरूमा भएका भीषण आक्रमणद्वारा कायम गरिएको नयाँ कीर्तिमानहरूले प्रत्याक्रमणका पहलले भव्यता र उचाइलाई स्पष्ट गर्दछन् । महिनौंसम्म तराई र राजमार्गबाट शाही जत्थालाई भ्याकुर लखेटाई गरेर व्यारेकहरूमा पारी जनमुक्ति सेनाले आफ्नो आक्रामकता र श्रेष्ठता मात्र सावित गरेन वस्तुतः ती स्थानहरूलाई आफ्नो कब्जामा राख्न सफल भयो । साना –ठूला सयौं आक्रमणद्वारा शाही जत्थालाई जनमुक्ति सेनाले थिलो–थिलो पारेपछि तथा पार्टीको राजनैतिक हस्तक्षेप र जनपरिचालनद्वारा सामन्ती पुरानो सत्ता अस्तव्यस्त बनेपछि आफ्नो अस्तित्व रक्षाको अन्तिम र मूर्खत उपायका रूपमा ज्ञानेन्द्र शाहीको सामन्ती गिरोहको माघ १९ को कदम माघ १९ मै चालेको कुरा स्पष्ट हुन आउँछ। जे होस् जनमुक्ति सेनाको प्रतयाक्रमणको पहल नितान्त मौलिक र भव्य रहेको कुरालाई यो चरणको सफलताले स्पष्ट गरिदियो ।

माघ १९ को शाही ‘कु’ र त्यसले लगाएका फासीवादी प्रतिबन्द, गिरफ्तारी र आतङ्कले राजधानी, सदरमुकाम र सहर बजारहरूमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, मानव अधिकारवादीलगायत सञ्चार जगतलाई अस्तव्यस्त तुल्यायो । त्यो स्थितिमा पार्टी केन्द्रले माघ १९ कै दिन ज्ञानेन्द्र शाहीको फासीवादी कदमको जोडदार भण्डाफोर गर्दै त्यसका विरूद्ध एकताबद्ध प्रतिरोधका लागि सबै संसदवादी शक्तिहरू नागरिक समाज र आम जनसमुदायसँग अपिल ग¥यो । तुरुन्तै राखिएको तीन दिने नेपाल – बन्द र फाल्गुण १ बाट गरिएको अनिश्चितकालीन चक्काजामले शाही सत्तालाई बलियो झापडको काम ग¥यो । शाही ‘कु’ को तत्काल देशव्यापी प्रतिरोध गर्ने एक मात्र शक्तिका रूपमा हाम्रो पार्टी विश्वस्तरमा स्थापित हुन पुग्यो । शाही ‘कु’ को विश्वस्तरबाट राजनैतिक विरोध मात्र भएन कैयौं शक्ति केन्द्रहरूले शाही सत्तालाइ दिई आएको सैनिक सहयोग रोक्ने घोषणसमेत गरे । ‘आतङकवाद’का विरूद्ध तथा शान्ति र प्रजातन्त्रका पक्षमा चालिएको बाध्यात्मक कदम भनी शाही आतङ्ककारीहरूले दुनियाँको आँखामा छारो हाल्न गरेको मिथ्या प्रयास स्थापित हुन सकेन । भारतका विभिन्न सहर मुख्यतः दिल्लीमा पार्टीको नेतृत्वमा गोष्ठी र विरोध प्रदर्शनको लहर चल्यो । विस्तारै–विस्तारै भूमिगत संसदीय नेताहरूसँग भारतमै पार्टीको अन्तरक्रिया अगाडि बढ्यो र अहिले सात राजनैतिक दलसँग सहकार्यको प्रयत्न भइरहेको कुरा स्पष्टै छ । जे भए पनि पुरानो सत्ता र देशको राजनीतिमा माघ १९ को कदमले ठूलो पश्चगमनकारी हेरफेर ल्यायो ।

पार्टीको फौजी योजनामा केही सामान्य हेरफेर गरी केन्द्रित ठूला फौजी कारवाही गर्ने प्रक्रियालाई नै अगाडि बढाइयो । त्यसकै तयारीका क्रममा तराईमा ठूलो सफलता हासिल गर्दै आएको पश्चिम कमाण्डअन्र्तगतो जनमुक्ति सेनाको एक टुकडी तथा सिङ्गो जनमुक्ति सेनाका एक होनहार कमाण्ड क.जीत सुचना र वस्तुस्थितिको सही जानकारीको अभावमा बर्दियाको गणेशपुरमा नितान्त नयाँ रणनीति र षड्यन्त्रसहित आएको दुश्मनको ठूलो प्रतिघेरा र प्रतिछायाँमा परी अपुर्व क्षति हुन पुग्यो । प्रतिकूल भूगोल, सही सुचनाको अभाव तथा जनमुक्ति सेनामा विकास भएको उत्साहका कारण पैदा भएको मनोगत आंकलन नै त्यो क्षतिका पछाडिको प्रमुख कार।ण देखिन्छ । क. जीत सहित तिन दर्जनभन्दा बढी योद्धाहरुको क्षति र दर्जनौं आधुनिक हतियारको एकैसाथ गुम्ने स्तरको त्यो क्षति जनमुक्ती सेनाकै ईतिहासमा सबैभन्दा ठुलो क्षतिका रूपमा स्थापित भयो । दुश्मनले स्वाभाविक रूपमा त्यसलाई आफ्नो ठूलो सफलताका रूपमा प्रचार ग¥यो । वस्तुतः गणेशपुर मोर्चा र क. जीतलगायतका योद्धाहरूको बलिदानले पार्टीलाई यो शिक्षा दियो कि अब लडाइँ नयाँ स्तरमा पुगेको छ र नयाँ रणनीतिको विकास गरेर मात्र दुश्मनलाई पराजित गर्न सकिन्छ ।

जनमुक्ति सेनाको समग्र विकास प्रक्रियामा जित्दै गएपछि हार्न सुरु हुने र हार्दै गएपछि जित्न सुरु हुने द्वन्द्वात्मक क्रम प्रारम्भदेखि नै रहँदै आएको छ । प्रत्याक्रमणको यो योजनामा पनि त्यही क्रम नयाँ उचाइबाट देखाप¥यो । गणेशपुरकै हाराहारीको कृष्णभीरमा दुश्मनलाई होस उडाएका योद्धाहरूको टुकडी लमजुङ्गको भीरपुस्ताङ्गको मनोवैज्ञानिक दबाब परिरहेको, दुश्मनको किल्लाबन्दी धेरै मजबुत भएको तथा विकसित नयाँ परिस्थीतीमा एउटा केन्द्रीकृर्त ठेलो आक्रमण अनिवार्य रुपमा सफल पार्नुपर्ने राजनीतिक आवश्यकतालाई विचार गरी केन्द्रीय कार्यालयले पश्चिम र मध्य डिभिजनको छानिएको शक्तिलाई जोडेर एक ठाउँमा आक्रमण गर्ने योजन प्रस्तुत ग¥यो । रुकुमको खारा कारवाही त्यही योजनाको परिणाम थियो ।

तर, मोर्चाबद्ध युद्धलाई बुभ्mने तथा योजनाको स्पीरिटलाई कार्यान्वयन गर्ने विधिका सम्बन्धमा प्रमुख कमाण्डरहरूकै बीचमा पर्याप्त विश्वास र तालमेल नहुनुका प्रमुख कारण त्यो खारा मोर्चा पनि विजयमा टुङ्गिन सकेन । दुश्मनले हार्नै लागेको र जनमुक्ति सेनाले जित्नै लागेको स्थितिमा छोड्नु परेको खारा मोर्चाले उल्टै एकातिरका कमाण्डर र योद्धाहरूले लड्नै नपाई छोड्न परे जस्तो अर्काेतिरका कमाण्डर र योद्धाहरूलाई आपूmजस्तो गरी अर्काेतिरका योद्धाहरूले नलडी दिएकाले छोड्नु परेको जस्तो विकेन्द्रित सोच र मनोविज्ञान विकास हुन गयो । केन्द्रीय कार्यालयबाट एटा समीक्षा गरिसकेपछि पनि त्यसलाई आ–आफ्नै ढङ्गले व्याख्या गर्ने क्रमले स्पष्ट गरेको छ कि समस्या जनमुक्ति सेनाको नभएर पार्टीको हो । यो र्मार्चाको अनुभवले पार्टी केन्द्रीय कार्यालयलाई पार्टीमा समस्याको गम्भीरताबारे नयाँ ढङ्गले सोच्न बाध्य पा¥यो र परिरहेको छ । खारा मोर्चाबारे ध्यान दिनुपर्ने अर्काे पक्ष दुश्मनको घुसपैठका कारण उसले पूरै योजना पहिले नै थाहा पाएर आवश्यक तयारी त गरेको थिएन भन्ने कुरा पनि रहेको छ ।

जे होस् खारा मोर्चा हाम्रो तर्फबाट गरिएको भीषण हमला थियो र त्यसले केन्द्रित आक्रमण गर्ने क्षमता ज.मु.से.सँग छैन भन्ने दुश्मनको प्रचारलाई झुट्टो सावित ग¥यो र जनमुक्ति सेनाले अर्काे मोर्चाका लागि महत्वपुर्ण शिक्षा हासिल ग¥यो । खारा मोर्चाबाट जनमुक्ति सेनाको मनोबलमा कुनै नकारात्मक असर नपरेको तथ्य योद्धाहरूको स्पष्ट गर्दछन् । फेरि पनि खारा मोर्चाबाट पार्टीले राजनैतिक लाभ प्राप्त गर्न सकेने । खारा मोर्चा र त्यसपछिका आक्रमणहरूमा अर्काे एक होनहार कमाण्डर क.बसन्तलगायत ६ दर्जनभन्दा बढि योद्धाहरूल बलिदान गर्नु भयो । खाराको उपरोक्त अनुभवपछ पूर्वी डिभिजनलेृ गर्ने केन्द्रित करबाहीमा त्यसबाट समेत शिक्षा लिएर आक्रमण गर्ने प्रयत्न गरियो । त्यसअनुसार तराईको सिराहा जिल्लाको बन्दीपुरमा रहेको दुश्मनकोृ क्याम्पलाई आक्रमणको केन्द्रविन्दु त्यसको कभरको लागि अन्य दुई स्थानमा समेत हमला गर्ने पूर्वी कमाण्डले निश्चित ग¥यो ।

योजनाअनुसार गरिएको भिषण हमलाको श्रृखलाले ठुलो तरगं उत्पन्न भयो । ज्ञानेन्द्र साहको कथीत शान्ति सुरक्षामा सुधार हुदै गएको भन्ने लफ्फाजीलाई तराइमा गरिएको यो साहसिक हमलाले ध्ज्जी उडादियो । यो आक्रमणको राजनैतिक महत्व र सफलता निकै ठूलो रह्यो । छोटै अवधिमा दुश्मनले तयार गरेको बलियो किल्लाबन्दी तथा तराइको भूगोलका कारण समयको अभावले गर्दा योद्धाहरूको ठूलो प्रयत्नका बाबजुद हतियार कब्जा भने खासै हुन सकेन । तर, त्यसले यसको राजनैनिक र फौजी महत्वलाई क मगर्न सक्तैन । त्यसपछिको घेराउ र सखापको रणनीति लिएर आएका शाही जत्थाका विभिन्न डफफाहरूसँग विभिन्न स्थानमा भएका साहसिक भीडन्तहरूमा जनमुक्ति सेनाको पूर्वी डिभिजनलदे विवेक, सौर्य र त्यागको नयाँ उचाइ छुदै ठूल–ठूला विजय र उपलब्धि हासिल ग¥यो ।

केन्द्रित कारवाहीपछिका विकेन्द्रित कारवाही पनि देशभरि नै सम्पन्न भएका छन् ती कारवाहीहरूमा मध्य कमाण्डअन्र्तगत भएको अर्घाको ………..मा भएको सफल र साहसिक आक्रमण गुणात्मकरह्यो । त्यो साहसिक आक्रमणमा जनमुक्ति सेनाका अर्का होनाहार कमाण्डर कमरेड ज्वार तथा उहाँको साथमा अर्का कमाण्डर कमरेड जनकको उच्च साहदत भयो । त्यसै गरी पुर्वी कमाण्ड अन्तर्गत ……………कारबाही र पश्चिमा …………..कारबाही रहेका छन् ।
केन्द्रित र विकेन्द्रित कारबाहीका यी प्रयत्न र सफलताहरूका बावजुद योजनाले अपेक्षा गरेअनुसारको उत्कर्ष भनेकतै पनि हासिल हुन नसकेकाले थोरै असन्तुलित देखिइ नै रहेको थियो । दुश्मनले कतै नकतै आत्मरति लिन स्थिति रहिरहेको थियो । त्यो असन्तुलन र आत्मरतिलाई ध्वस्त पार्दै र संसारले बुभ्mने गरी जनमुक्ति सेनाको उचाइ, क्षमतार शौर्यको प्रदर्शन गर्दै पश्चिम कमाण्डअन्तर्गत कार्यरत जनमुक्ति सेनाको डिभिजनले कालीकोको पिलीमा नयाँ कीर्तिमान कायम ग¥यो । गणेशपुर, खारा रम्वापुर मोर्चाका हारबाट शिक्षा लिएको सो डिभिजनले त्यो मोर्चामा दुश्मनबाट व्याजसहित असूल ग¥यो ।

आधुनिक हतियार र त्यसका गोली गठ्ठाको गरेर दुश्मनलाई पूरै धुलो चटाएर र ६० जना शाही सैनिकहरूलाई बन्दी बनाएर नयाँ परिस्थितिमा जनमुक्ति सेनाले नेपालमा जेनेभा महासन्धिको पालन गर्ने र जनताको रक्षा गर्ने वैधानीक सेना आफु भएको तथा साही सेना नै वास्तविक अर्थमा जनतालाई मार्ने र व्यपत्ता पर्ने आतङ्ककारी भएको नयाँ उचाइको सन्देश दिएको छ । वस्तुतः यो योजनाको केन्द्रित कारबाहीको उत्कर्षका रूपमा पिली कारवाहीले एकपक्षीय युद्धविरामको राजनैतिक हमलाद्वारा ज्ञानेन्द्र शाही र तयसो आततायी सामन्ती गिरोहलाई अलग–थलग पार्ने आधार पिली कारवाहीको राम्रोसँग गरी दियो । यस अर्थमा यसको राजनैतिक महत्वक निकै ठूलो हुन गएको कुरा स्पष्ट छ ।

उपरोक्त फौजी कारवाहीहरूका साथै यो योजना अवधिभर देशभरि नै पार्टी, सत्ता ज.ब. विभिन्न मोर्चा आदिबाट विभिन्न स्तरमा बन्द, नाकाबन्दी, हडताल आदिका साथै गरिएका व्यापक जनपरिचालनका लहरले राजनैतिक हस्तक्षेपको निरन्तर प्रक्रियालाई स्पष्ट गर्दछ । यस बीचमा केन्द्रीय कार्यालयका तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा निरन्तर राजनैतिक हस्तक्षेपको महत्व स्वतः स्पष्ट छ ।
यो योजनाअन्र्तगत भएका अनय महत्वपूर्ण कारबाहीहरूमा मुगुको सदरमुकाम गमगडीको सेवोटेज केलालीको धनगढीमा भएको सेवोटेज र जेल कब्जा गरी दर्जनौ क्रान्तिकारी योद्धा र अन्य बन्दीहरू मुक्त पार्ने काम, नेपालगञ्ज र बुटवल सहरमै भएका साहसिक आक्रमणका शृङ्खला काठमाडौ भित्रै साँखुमा पुलिस चौकीमा भएको सफल साहसिक आक्रमण, दोलखा सदरमुकामको सेवोटेज र त्यहाँको जेल कब्जा र बन्दीहरू मुक्ति आदि पर्दछन् ।

यसका साथै देशव्यापीरूपमा साना ठूला अनगिन्ती छापामार कारबाही सम्पन्न भएका छन् ।
यही योजनाअन्र्तत केन्द्रीय आधार इलाकामा करीब ९१ किलोमिटर लामो ‘सहिद मार्ग’ निर्माण कार्य प्रारम्भ हुनु जनताको व्यापक सहभागितासहित यो प्रक्रिया अगाडि बढ्नुको बहुआयामिक महत्व रहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत बहुचर्चित यस ‘सहिद मार्ग’ निर्माण प्रक्रियाको आधार इलाकाका चौतर्फी विकासको ढोका मत्र खओल्द्यै छैन, अपिल पार्टीको राजनैतिक छवि र उद्देश्यलाइ सबैका अगाडि स्पष्ट पारेको छ ।

उपरोक्त समग्र सकारात्मक पहलकदमी प्रधान रहाँदारहँदै पनि यो योजनाअन्र्तगत केही अत्यन्त नकारात्मक परिघटनाहरू पनि देखापरे । समग्रमा ती नकारात्मक परिघटना र प्रवृत्तिको चर्चामाथि शुद्धीकरणको अध्यायमा गरी सकिएको छ । यहाँ उल्लेख गर्नुपर्ने केही प्रमुख घटनाहरूमा पार्टीका विरूद्ध दैलेखमा देखापरेको गम्भीर जनअसन्तुष्टि कपिलवस्तुमा देखिएको श्वेत आतङ्क चितवन वस घटना मकवानपुर धादिङमा देखिअएका जनअसन्तुष्टि मधेशमा पार्टीभित्र र बाहिर देखिएको केही असहज घटनाक्रमहरू रहेका छन् । यसप्रकारका घटनाक्रमका पछाडि रहेका कमिकमजोरीहरूको सार्वजनिक आत्माआलोचना र सार्वजनिक कारबाहीको प्रक्रिया चलिसकेकाले यहाँ तिनको विस्तृत चर्चा गरिरहनु आवश्यक छैन ।
यसरी सफलता र असफलताका यी तमाम अनुभव सहित के निष्कर्ष निकाल्न सकिन्छ भने प्रत्याक्रमणको पहिलो योजना मूल रूपमा सफल भएको छ ।


६) भावी काम र योजनाको सम्बन्धमाः
क) प्रत्याक्रमणको दोस्रो योजना
ख) योजनाको मल नारा –लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं !
राजनैतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाइमा उठाउँ
ग) योजनाका प्रमुखः
i) राजनैतिक लक्ष्य–
१)  संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसँग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त तुल्याउन प्रयत्न गर्नु
२)  पार्टीको व्यापक सर्वहाराकरणका लागि नीति, मूल्य निश्चित गरी तिनको प्रभवकारी कार्यान्वयनमा जोड लगाउनु
३)  आधार इलाका, जातीय र क्षेत्रीय स्वायत्त गणतान्त्रिक सरकार एवम् स्थानीय जनसत्ताहरूलाई सुदृढ गरी जनसम्बन्धको विकासका लागि केन्द्रका तर्फबाट नीति, योजना र कार्यक्रमको ठोस प्रतिपादन गरी कार्यान्वयन गर्नु
४)  अन्तर्राष्ट्रिय पहल र प्रचारलाई बढाएर पार्टीका तर्फबट वैचरिक, राजनैतिक, साङगठनिक र सामरिक तयारी बढाउन प्रयत्न गर्नु ।
ii)  फौजी लक्ष्य–
१)  पार्टी, सत्रा, ज.ब.स.का आम कार्यकर्ता र जनतासम्मको व्यापक फौजीकरणको प्रयत्न गर्नु तथा केन्द्र , क्षेत्र जिल्ला राजधानी र सहरहरूको आवश्यकताअनुसार कारबाहीका लागि जनमुक्ति सेनाको विन्यास विशिष्टीकरण र प्रशिक्षित गर्न प्रयत्न गर्नु
२)  जनमुक्ति सेनाको संरचनामा अर्काे चार डिभिजन थप गर्ने लक्ष्य पुरा गर्न जोड लगाउनु
३)  केन्द्रीय र धक्कामूलक कारवाहीबाट अगाडि बढ्दै विकेन्द्रित मोर्चाबद्ध चलायमान र छापामार कारबाहीहरूको प्रक्रियाद्वारा विद्रोहात्मक फौजी स्वरूपको विकास गर्न प्रयत्न गर्ने
४)  जनमुक्ति सेनाको एकीकृत संरचना, तालिम प्रशिक्ष्ँण र अन्य व्यवस्थापनका लागि सैन्य हेडक्वार्टर र सैन्य प्रतिष्ठानलाई सक्रिय र प्रभावकारी तुल्याउन जोड लगाउने ।
५)  उत्पादनकर्ता, सङ्गठनकर्ता र प्रचरकर्ताको रूपमा समेत जनमुक्ति सेनाको भूमिका बढाउन योजनाबद्ध पहल गर्ने ।

घ)  उपरोक्त राजनैतिक र फौजी लक्ष्य हासिल गर्नका लागि निम्नअनुसार कार्ययोजनाको विकास गर्न आवश्यक छ –
१)  पार्टीको राजनैतिक कार्यनीतिका पक्षमा प्रचार–प्रसार गर्ने, विभिन्न राजनैतिक दल, नागरीक समाज र बौद्धिक व्यक्तित्वहरूसँग छलफल अन्तक्रिया र संयुक्त कार्यक्रम गर्ने (प्रयत्न गर्ने) आफ्नै स्वतन्त्र पहलमा जनपरिचालन गर्ने । यसप्रकारले कार्ययोजना केन्द्र, क्षेत्र र जिल्ला सवैले विकास गर्न जोड लगाउनु पर्दछ ।
२)  पार्टी सर्वहाराकरणको कार्ययोजना मुख्यतः खर्चपर्च, परिवारको पार्टीकरण वा अन्य व्यवस्थापन, रहन सहन श्रम, लेबी, जनसम्बन्ध आदिबारे निश्चित मूल्य निर्धारण गरी विकास गरिने छ ।
३)  पार्टीको नेतृत्वमा विभिन्न जातीय एवम् क्षेत्रीय स्वायत्त गणतान्त्रिक सरकार मोर्चा र ज.ब.स.का प्रतिनिधिहरूको निश्चित संयोजन समितिमार्फत उल्लेखित नीति, योजना र कार्यक्रमको विकास गरिने छ । जसमा जनताको जीवनस्तर उठाउने जनसम्बन्ध सुदुढ गर्ने, सहिद परिवार, पार्टी कार्यकर्ता र जनमुक्ति सेनाको परिवार, घाइते अपाङ्ग आदिका सम्बन्धमा नीति, नियम र योजनाको तर्जुमा प्राथमिकता दिइने छ ।
४)  पार्टीको अन्तर्राष्ट्रिय विभागमार्फत् कार्ययोजनाको विकास गरिने छ ।
५)  कमाण्डर सङ्गठनात्मक संरचनामा विकास गरी त्यसप्रकारको तयारी गर्नु फौजी लक्ष्यका सम्बन्धमा ठोस कार्ययोजनाको रूपरेखा केन्द्रीय सैनिक आयोग र जनमुक्ति सेनाको जनरल स्टाफमार्फत गरिने छ ।


कमरेडहरू
माथिको समग्र राजनैतिक र सङ्गठनातमक प्रस्तावमा उल्लेखित नयाँ विचार, विधि र योजनामा स्पष्टताकासाथ एकताबद्ध भइ अगाडि बढेर नै आजका आन्तरिक र बाह्य चुनौतीहरूको सफतापुर्वक सामना गर्न सकिने छ । सर्वाधिक महत्वपूर्ण कुरा आफैभित्र नयाँ क्रान्तिको पहलद्वारा नेपाली जनक्रान्तिलाई विजयसम्म डो¥याउने र विशव क्रान्तिलाई सेवागर्ने महान् लक्ष्मा २१ औं शताब्दीको नवीनतम् सर्वहारा विचार र स्प्रीटको विकास गर्न एकजुट हुनु हो । बाटो जतिसुकै कठिन र बाङ्गोटिङ्गो भए पनि साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादको एवम् सर्वहारावर्ग र जनताको विजय सुनिश्चित छ ।

– वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्दै पार्टी एकतालाई सुदृढ गरौं !
– जनदिशालाई दहेसँग पकडौं र सुदृढ जन–सम्बन्धको विकास गरौ
– राजतन्त्रात्मक पुरानो सामन्ती सत्ताका विरूद्ध राजनैतिक र फौजी प्रत्याक्रमणलाई अझ घनीभूतरूपले अगाडि बढाउँ !!!

प्रतिकृया दिनुहोस

Top