You are here
Home > बिज्ञान-तथा-प्रबिधी > डा. भट्टराईको सुझावः ‘बालबालिकालाई १८ बर्ष नपुग्दासम्म मठ मन्दिरमा जानै नदिनुहोस्’

डा. भट्टराईको सुझावः ‘बालबालिकालाई १८ बर्ष नपुग्दासम्म मठ मन्दिरमा जानै नदिनुहोस्’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल र नेपाली बैज्ञानीकहरुको योगदान विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल जीव बिज्ञान समाजले आयोजना गरेको संमृद्धिको लागि बिज्ञान बिषयक अन्तरक्रियामा बोल्दै डा. भट्टराईले बिज्ञान र प्रविधीकै आढमा बिश्वमा औद्योगिक क्रान्ति सम्पन्न गर्न सम्भव भएको बताए ।

पछिल्लो पाँच सय बर्षमा बिश्वले बिज्ञान र प्रबिधिको आडमा ठूला ठूला औद्योगिक क्रान्ति गर्न सफल भए पनि नेपाल भने भर्खर औद्योगिक क्रान्तिको शुरुवाति चरणमा रहेको उनको भनाई थियो । नेपाल र नेपालीमा बैज्ञानिक चिन्तनको आवश्यकता रहेको बताउदै डा भट्टराईले घरघरमा र विद्यालय, विद्यालयमा बैज्ञानिक चिन्तन प्रवर्दन गर्नुपर्ने आवश्यकता औल्याए ।

आधुनिक बिज्ञानको शुरुवात हुनुपुर्व मानव जातीले अन्धकारमै जिवन बिताएको र त्यसै क्रममा धर्मको नाममा मान्छेहरुलाई अनुशाशनमा राख्ने गरिएको भन्दै डा भट्टराईले धर्मको अन्धबिश्वास अझैपनि गरिनु हास्यास्पद भएको बताए । नेपालका कतिपय बिद्धान तथा बिज्ञानकै शिक्षकहरु पनि मन्दिर घुमेर बिज्ञानको वकालत गर्ने गरेको भन्दै आगामि पुस्तालाई धर्मसम्बन्धि भ्रम पार्न नहुने बताए ।

बालबालिकाहरुलाई १८ बर्ष नपुग्दासम्म मठ मन्दिरमा लान नहुने भन्दै धर्मसम्बन्धि अनेक किम्बदन्तिले बाल मस्तिस्कमा नकारात्मक असर गर्ने बताए ।
सरकारले पनि नेपालमा बैज्ञानिक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले बिज्ञान प्रविधिको क्षेत्रको बजेट बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा एमाले नेता आनन्द प्रसाद पोखरेलले बिज्ञान भनेको दिमाखी ज्ञान मात्र नभई संसार बदल्ने सुत्र भएको बताए । प्रदुषित राजनीतिलाई सुधार्न पनि नेपालका बुद्धिजिवी र बैज्ञानिकहरुले प्रयत्न गर्नुपर्ने पोखरेलले बताए । कार्यक्रममा नेपालको बिज्ञान तथा प्रविधि क्षेत्रमा योगदान दिएका बिभिन्न व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा भट्टराईले नेपाल जीव बिज्ञान समाजले प्रकाशन आरम्भ गरेको जर्नल इन्टरनेष्नल जर्नल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सको पहिलो अंकको लोकार्पण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

Top