You are here
Home > अन्तराष्ट्रीय > सलमानलाई जेल पुर्याउने एउटा यस्तो समुदाय, जो जंगली जनावर र बोट बिरुवाका लागि आफ्नो ज्यान दिनसमेत तयार हुन्छन्

सलमानलाई जेल पुर्याउने एउटा यस्तो समुदाय, जो जंगली जनावर र बोट बिरुवाका लागि आफ्नो ज्यान दिनसमेत तयार हुन्छन्

बीबीसी

उनीहरु विशाल मरुभुमीका वन्यजन्तु र बोट बिरुवाका रक्षक हुन् ।

बिश्नोई समाजका मानिसहरु जंगली जनावर र बोट बिरुवाका लागि आफ्नो ज्यान दिनसमेत तयार हुन्छन् ।

यसकारण जब बलिउड स्टार सलमान खानले कालो हरिणको शिकार गरेको घटना सार्वजनिक भयो तब उनीहरु सडकमा उत्रिए ।

बिश्नोई आफ्ना आराध्य गुरु जम्भेश्वरले बताएका २९ नियमको पालना गर्दछन् । यसमध्ये एक नियम वन्यजन्तु र बोटबिरुवाको हिफाजतसँग सम्बन्धित छ ।

बिश्नोइ समाजका मानिसहरु मरुभूमिमा मात्र सिमित नभई उनीहरुको जनसंख्या राजस्थानका साथै हरियाणा, पंजाब, उत्तर प्रदेश र मध्य प्रदेशमा पनि फैलिएको छ ।

बिश्नोई समाजः

जोधपुरबाट सांसद रहेका जसवंत सिंह बिश्नोई भन्छन्, ‘हाम्रा संस्थापक जम्भेश्वर जीले जीव दयाको पाठ पढाएका थिए । उहाँले जीवप्रति दया राख्नुपर्छ र रुख, बोटबिरुवाको हिफाजत गर्नुपर्छ भन्ने ज्ञान दिएका छन् । उहाँले यी कार्य गर्दा जो सुकैले बैकुण्ठमा बास पाउने बताउनु भएको छ ।’

बिश्नोई समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन्, ‘जोधपुर राज्यमा जब सरकारले रुख काट्ने आदेश दिएका थिए तब बिश्नोइ समाजका मानिसहरु विरोधमा उत्रिएका थिए । यो सन् १७८७ को कुरा हो । त्यतिबेला राजा अभय सिंहको शासन थियो ।’

‘पुर्खाको बलिदान’:

बिश्नोई भन्छन्, ‘जब उक्त राज्यका मानिसहरु रुख काट्न आए तब जोधपुर र वरिपरिका मानिसहरुले विरोध जताए ।’

‘त्यतिबेला बिश्नोइ समाजकी अमृता देवीले रुखको बदलामा आफूलाई पेश गरिन् ।’

‘त्यसताका बिश्नोई समाजका तीन सय ६३ मानिसले बलिदान दिए । तीमध्ये १ सय ११ महिला थिए ।’

‘यसै बलिदानको यादमा जोधपुरको खेजडली गाउँमा हरेक वर्ष मेलाको आयोजना गरिन्छ र मानिसहरु आफ्ना पुर्खाको बलिदानमाथि श्रद्धा सुमन अर्पित गर्दछन् ।’

‘यो आयोजना आफ्नो संकल्पलाई दोहोराउनका लागि मात्र नभई नयाँ पीढीलाई वन्य जीवको रक्षा र बोट बिरुवाको हिफाजत गर्नुपर्ने प्रेरणाका लागि पनि मनाइन्छ ।’

बिश्नोई समाजका गुरुः

गुरु जम्भेश्वरको जन्म सन् १४५१ मा भएको थियो । बिकानेर जिल्लामा आफ्नो गुरुको जन्म स्थान समरथल बिश्नोई समाजको तीर्थस्थल हो ।

यस्तै, त्यस क्षेत्रमा गुरु जम्भेश्वरको समाधि स्थल छ । जहाँ हरेक वर्ष मेलाको आयोजना गरिन्छ ।

मारवाड राज्यका जनसंख्या अधिक्षक (सेन्सस सुपरिन्टेन्डेन्ट) हरदयालले बिश्नोई समाजमा किताब लेखेका छन् ।

उनले लेखेका छन्, ‘बिश्नोई समाजका संस्थापक जम्भो जी पंवार राजपूत थिए । सन् १४८७ मा जब खडेरी पर्रो तब जम्भो जीले मानिसहरुको अत्यधिक सेवा गरे ।’

‘त्यतिबेला निकै ठूलो संख्यामा जाट समुदायका मानिसहरुले जम्भो जीबाट प्रेरित भएर बिश्नोई धर्म अपनाएका थिए ।’

‘बीस र ९ मिलेर बिश्नोई’:

हरदयालका अनुसार बिश्नोई समाजका मानिसहरुले जम्भो जीलाई विष्णुको अवतार मान्छन् ।

बिश्नोई समाजका अनुसार जम्भो जीले जम्मा २९ जीवन सूत्र बताएका थिए । बीस र ९ मिलेर बिश्नोई भएको उनले बताए ।

पूर्व सांसद विश्नोई भन्छन्, ‘राजस्थान, हरियाणा, पंजाब आदिमा कसैको मृत्यु हुँदा शवलाई गाड्ने चलन छ । यूपीका केही भागमा भने दाहसंस्कार गरिन्छ ।’

बिश्नोई बाहुल्यता रहेको गाउँमा एक बिश्नोई महिलाले कुनै अनाथ हरिणको बच्चालाई सलले बेरेर स्तनपान गराइरहेको दृश्य देख्नु नौलो कुरा होइन ।

प्रतिकृया दिनुहोस

Top