You are here
Home > देश/समाज > दशैंअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने – खानेपानी मन्त्री विना मगर

दशैंअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने – खानेपानी मन्त्री विना मगर

काठमाडौं ।  निक्कै लामो प्रयासपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । मंगलबारदेखि सुरुङ खन्ने काम सकिएको खानेपानी मन्त्रालयले जनाएको छ । त्यसको औपचारिक उद्घाटन भने चैत २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङ खन्ने काम सक्न निर्देशन दिएको बताइन् । त्यहीअनुसार कामको प्रगति भएको उनको भनाई छ ।  मन्त्रालयले यसलाई ठूलो उत्सावको रुपमा बुझ्नेु पर्ने बताएको छ । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ ।

आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएसँगै दसैँअघि नै उपत्यकामा मेलम्चीको दैनिक १७ करोड लिटर पानी आउने आयोजनाका प्रमुख रामचन्द्र देवकोटाको दावी छ । यस ऐतिहासिक उपलब्धिले २६ किलोमिटर लामो सुरुंग खन्ने काम सम्पन्न भएको र हेडवक्र्सको  मुख्य संरचना, भेण्ट साफ्ट तथा सुरुङ्गको फाईनल फिनिसिङ्ग गर्ने काम बाँकी रहेको  भएपनि आगामि केहि महिना भित्र नै सो कार्यहरु सम्पन्न गर्न सकिने मन्त्रालयको भनाई छ ।  विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा आयोजनाको निर्माणमा लगानी जुटाउने गरि सन १९९८ अर्थात वि.सं. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपछि आयोजनाको बिस्तृत अध्ययन, तयारी चरणका कार्यहरु, जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण, आयोजनाका मुख्य संरचनाहरुको निर्माण सुरु गरिएको हो ।  हाल सम्ममा यस निर्माण सम्झौताको कुल भौतिक प्रगति ८४.५ तथा बित्तिय प्रगति ८०.५ रहेको आयोजनाको भनाई छ ।

प्रतिकृया दिनुहोस

Top