You are here
Home > अर्थ > गृहमन्त्रि बादल भ्रटचारको जालो च्यत्न सकृय १ अर्ब ५६ करोड घोटाला गरेको आरोपमा एनसीसी बैंकको संचालक समिति सदस्यसहित १३ पक्राउ

गृहमन्त्रि बादल भ्रटचारको जालो च्यत्न सकृय १ अर्ब ५६ करोड घोटाला गरेको आरोपमा एनसीसी बैंकको संचालक समिति सदस्यसहित १३ पक्राउ

चैत्र २, २०७४

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ गरेको छ ।

एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।
पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन्। चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो। त्यसमा एपेक्स, इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बै‌ंक थिए।
मर्ज प्रकृया सुरु भएपछि पनि एपेक्सले अनिमित रुपमा ऋण प्रवाह गरेको उजुरी पछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो। एपेक्सले ऋण दिंदा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई समते ऋण दिएको लगायतका अनियमितता गरेको आरोप लागेको छ।

पक्राउ गरिएका सबैलाई सीआईबीको कार्यालय महाराजगंजमा राखिएको एसपी घनश्याम अर्यालले पुष्टी गरे।

स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको अनुराेधमा नेपाल प्रहरीकाे सीआइबीले अनुशन्धान गरिरहेको थियो। अनुसन्धानकै क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रतिकृया दिनुहोस

Top